देउवा र पौडेललाई मिलाउन लागिपरेको छु : कोइराला

२४ चैत्र २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
41 Shares


भक्तपुर – नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् ।

नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले काङ्ग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताए ।  महामन्त्री डा. कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको बताउँदै उनले भने, ‘म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु, पार्टीलाई एकताबद्ध बनाएर लैजान सके काङ्ग्रेसलाई कसैले जित्न सक्दैन, काङ्ग्रेस फेरि ठूलो पार्टी हुन्छ ।’ कोइरालाले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको धारणा राखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • देशैभरका चलचित्रकर्मी रुपन्देही आउँदै, रुपन्देही चलचित्रमय हुने 
  • आन्दोलनमा सहिद भएका परिवारले सम्झिनका लागि सहिदको शालिक बनाइदिन आग्रह
  • आमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना
  • कांग्रेसले सार्वजनिक गर्‍यो पार्टीको प्रतिबद्धतापत्र
  • आज पनि नेप्से झिनो अंकले घट्यो
  • सबैलाई पायक पर्ने स्थानमा राजधानीः प्रचण्ड
  • ‘लुम्बिनी न्युज फेस्टिबल-२०७६’ सम्पन्न
  • वर्तमान कम्युनिष्ट सरकार राष्ट्रघाती र लम्पसारवादी : पूर्व अध्यक्ष महर
  • आ–आफ्नो सवारी साधनमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर टाँस्न आह्वान
  • कांग्रेस नेता भण्डारीको कमाण्ड देख्दा कार्यकर्ता उत्साहित