सिद्धार्थ राजमार्ग चौडा गर्दै वालिङ नगरपालिका

२४ चैत्र २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
32 Shares


स्याङ्जा – वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्गको आफ्नो सिमानाभित्र पर्ने सडक चौडा गरेको छ । जिल्लाकै मध्य भागमास्थित वालिङ नगरपालिकाले भिरको नगरपालिकाको सिमाना र गल्याङ नगरपालिकाको सिमानासम्म पर्ने सिद्धार्थ राजमार्गलाई चौडा गर्ने कार्यको शुरुवात गरेको हो ।

स्मार्ट वालिङ बनाउने अभियानका साथ अगाडि बढेको नगरपालिकाले आफ्नो नगरभित्र पर्ने सिद्धार्थ राजमार्गलाई दुई लेनको बनाउने उद्देश्यका साथ सडक चौडा गर्ने अभियानमा लागेको छ । करीब १२ किलो मिटरभित्र पर्ने ३१ वटा घुम्तीलाई चौडा गर्ने योजनाका साथै काम भइरहेको नगरपालिकाका प्रमुख दिलीप्रताप खाँणले जानकारी दिनुभयो । सडक साँघुरो हँुदा दुर्घटनाको सम्भावना उच्च रहेकाले ‘स्मार्ट सिटी’ अवधारणाका साथ अगाडि बढेको बताउँदै सडक विस्तारको काम तिव्र रुपमा अगाडि बढिरहेको जानकारी दिनुभयो ।

अहिले दैनिक १२ घण्टा सडक विस्तारको काम भइरहेको छ भने पक्की संरचना निर्माण भएको ठाउँमा १६ मिटर र अन्य ठाउँमा २५ मिटर सडक चौडा गरिने नगरपालिकाले जनाएको छ । सडक चौडा गरिएसँगै बजार क्षेत्रमा पैदल यात्रीका लागि फुटपाथ समेतको निर्माण गर्ने योजनामा नगरपालिका रहेको छ । वालिङ नगरपालिकालाई स्मार्ट नगरका रुपमा स्थापित गर्नका लागि समग्र पक्षको विकास आवश्यक रहेको बताउँदै नगरप्रमुख खाँणले यो सडक विस्तार कार्य पनि त्यसैको एउटा अभियान भएको बताउनुभयो  (रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • दुई युवकलाई निर्घात कुटपीट गर्ने ,सशस्त्र प्रहरीलाई कारबाहीको तयारी
  • वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोनाको रिपोर्ट आउनै वाकी
  • भाइरसले भन्दा भय र त्रासले आतंकित
  • बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट नेगेटिभ…
  • टोल बिकास समितीले सचेतना सहित मास्क र साबुन बितरण गर्‍यो…
  • भारतबाट आएकी वीर अस्पताल भर्ना भएकी युवतीको मृत्यु
  • कञ्चनको वारेन्टाइनमा योगाभ्यासको मार्फत आत्मबल बृद्धी गराइदै
  • सामान क्लब द्धारा इलाका प्रहरी कार्यालय मंगलापुरलाई सहयोग समाग्री हस्तान्तरण
  • सुस्ताको यात्राका केही कुरा
  • देवकोटा बिधालयद्वारा दैविक कोषमा सहयोग प्रदान