प्रहरी जवान आधारभुत तालिमको शिक्षान्त समारोह सम्पन्न

प्रकाशित मिति:

नवलपरासी शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाट पश्चिम नवलपरासीको आयोजनामा शसस्त्र प्रहरी जवान आधारभुत तालिमको शिक्षान्त समारोह आइतबार बर्दघाटमा सम्पन्न भएको छ । सम्पन्न कार्यक्रमकोप्रमुख अतिथिको रुपमा रहनुभएका शसत्र प्रहरी अतिरिक्त महानिरिक्षक पुष्पराम केसीले मावन अधिकारीको सम्मान गर्दै राष्ट्रले दिएको जिम्मेवारीलाई सम्पुर्णले पालन गर्नुपर्ने बताउदै तालिम सम्पन्न गरि कार्य क्षेत्रमा खटिनका लागी तैयार भएका जवानहरुका अभिभावकलाईयोसंगठनमा जोडिएकोमा धन्याबा ब्यक्त गर्दै आफ्नो कार्य क्षेत्रमा ईमानदारी र कुशलतापुर्वक राष्ट्र सेव गर्न आग्रह समेत गर्नुभयो ।

अर्को प्रसंगमा बोल्दै अतिरिक्त महानिरिक्षक केसीले देश र जनतालाई असहज परिस्थितीबाट मुक्ती दिने कार्यलाई शसस्त्र प्रहरी बलले दिनरात कठोर कार्य गर्दै आएको पनि जिकिर गर्नुभयो । दिक्षान्त समारोहमा शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा तालिम महाविद्यालय बर्दघाट समादेशक शम्भु सुवेदीले तालिममा दिक्षित हुने जवानहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो भने प्रदेश नम्बर ५ का बाहिनी पती चिरञ्जीवी अधिकारीले सबैमा धन्याबाद ज्ञापन गर्दै दिक्षित जवानहरुले प्राप्त सैद्धान्तिक र ब्यवहारिक ज्ञान सिपलाई आफ्नो कार्य क्षेत्रमा राष्ट् भक्तिसाथ प्रयोग गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो । उहाँले मलाई संगठनले के दिन्छ भन्दा पनि संगठनलाई हामिले के दिनुपर्छ त्यो नै महत्वपुर्ण कुरा रहने धारणा राख्नुभयो । तालिममा प्रमुख प्रशिक्षक शसस्त्र प्रहरी उपरिक्षक सुधिर जंग थापाद्धारा तालिम प्रतिबेदन प्रस्तुत गरिएको थियो भने गत २०७५ जेष्ठ २९ गतेबाट यस शिक्षालयमा सिसम २२६ ङ, च र छ शसस्त्र प्रहरीजवान आधारभुत तालिम सञ्चालन गरिएकोमा ३७ हप्ता अवधि रहेकोयस तालिममा उत्कृष्ट हुने जवानहरुलाई सम्मान सहित पुरस्कृत गरिएको थियो । तालिममा प्रशिक्षार्थीहरुलाई शारिरिक, हथियार सम्बन्धी, ड्रिल, युद्ध कला, मानव अधिकार तथा मानविय काम, नक्शा अध्ययन, सिमा सुरक्षा तथा शसस्त्र प्रहरी नेपाल सम्बन्धी विभिन्न नियम कानुन र ब्यवहारिक र सैद्धान्तिक विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिममा उत्कृष्ट हुने जवानहरुमा मोहन डांगी, राधिका तिमिल्सिना, डिपु ए एम रहनुभएको थियो । त्यसैगरि कवाजमा प्रथम हुने शसस्त्र प्रहरी जवान लिलावती तामाङ, शेर बहादुर सिंजाली मगर, श्याम कुमार श्रेष्ठ र सहिष्णुता तर्फ अस्मिता तामाङ, गोविन्द विक, निम बहादुर बिसि उत्कृष्ट घोषित हुनुभएको थियो भने चादमारी तर्फ देव बहादुर पुन, विवेक पौडेल र सरस्वती भण्डारी गरि १२ जना सम्मानित हुनुभएको छ । १ सय २० महिला तथा १ सय ८० गरि कुल ३ सय जन प्रशिक्षार्थी सहभागि भएको आधारभुत तालिममा विभिन्न कारणले ३२ जना प्रशिक्षार्थी चरण झरि हाल १ सय महिला र १ सय ६८ पुरुष गरि कुल २ सय ६८ जना प्रशिहक्षार्थीहरु दिक्षित भई अन्तिम कवाजमा सहभागि हुदै आफ्नो कार्य क्षेत्रमा प्रबेश गराइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, अधिकृतहरु तथा जन निर्वाचित जनप्रतिनिध, संघ सस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा दिक्षीत जवानका अभिभावकहरुको बाक्लोे उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शसस्त्र प्रहरी निरिक्षक ईश्वर डिसिले गर्नुभएको थियो ।