वन डढेलो नियन्त्रणमा उपभोक्ताको भुमिका विषयक तालिम सम्पन्न

प्रकाशित मिति:

बर्दघाट-रुख रोपौ वन जोगाऔँ भन्ने मुल नाराका साथ संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुह बर्दघाट १० पञ्चनगर पश्चिम नवलपरासीको आयोजनामा चारदिने वन विकास, वन डढेलो नियन्त्रणमा उपभोक्ताको भुमिका विषयक तालिम आइतबार सस्थाको सभाहलमा सम्पन्न भएको छ । समापन कार्यक्रममा सस्थाका अध्यक्ष मदन बहादुरशाहीको अध्यक्षता, सामुदायिक वन महासंघ नवलपरासीका जिल्ला अध्यक्ष कमल परियारकोप्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले आफुले सिकेका सिप र तालिम ब्यवहारमा उतार्न सके मात्र तालिमको उपलब्धी हुने बताएका थिए ।

सो अवसरमा प्रशिक्षार्थीको तर्फदेखी दिलु भण्डारीले मन्तब्य राख्नुभएको कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । गत चैत्र २१ गते देखी सस्थाको सभाहलमा सञ्चालित तालिममा उपभोक्ता समुहका ४० जना प्रतिनिधि रहेको कार्यक्रमको सहजिकरण सामुदायिक वन महासंघका अध्यक्ष कमल परियार, डिभिजन वन कार्यालय परासीका प्रमुख प्रेम शंकर चौधरी, चिसापानी सामुदायिक वनका अध्यक्ष हुम बहादुर गुरुङ र पत्रकार नारायण भण्डारीले वन सरक्षण, डढेलो नियन्त्रण, निति तथा कार्यक्रम तर्जुमा, जलवायु परिवर्तनमा वनको भुमिका र नेतृत्व विकास सम्बन्धी तालिमप्रदान गर्नुभएको थियो । वनका कोषाध्यक्ष कमल पराजुलीको समयोजनमा सञ्चालित कार्यक्रमको सञ्चालन सचिव प्रेम अधिकारीले गर्नुभएको थियो ।