नमस्ते एकेडेमीको वार्षिकोत्सव

प्रकाशित मिति:

तिलोत्तमा नगरपालिकाको वडा नं.१४ मा स्थापित अन्तर्राष्ट्रियस्तरको नमस्ते एकेडेमीको बार्षिकउत्सव बिभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।बार्षिकउत्सवका अवसरमा बिद्यार्थीहरुले बिभिन्न सास्कृतिक कार्यक्रम र खेलहरु प्रस्तुत गरेका थिए । त्यस्तै यु.के.जी., कक्षा ८ र कक्षा १० का बिद्यार्थीहरुलाई दीक्षित गर्नुका साथै बिभिन्न प्रतियोगिताका उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार तथा बितरण गरीएको थियो ।सोही अवसरमा एकेडेमीले प्रकाशित गरेको नयाँ वर्ष तथा शैक्षिक सत्रको क्यालेण्डर बिमोचन गरीएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नीजि तथा आवासिय बिद्यालय अर्गनाईजेसन (प्याब्सन)का केन्द्रिय सहअध्यक्ष डिके ढुंगानाले एकेडेमीले दिएको शिक्षा र अतिरिक्त क्रियाकलाप साच्चै नै अन्तरराष्टियस्तर र मापदण्डका भएको बताउनु भयो । उहाले यस्ता बिद्यालयले रुपन्देहीको मात्र नभई देशकै गुणस्तर सुधारमा सहयोग पुयाउने बताए ।कार्यक्रमका बिशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरपालिकाले सुरु गरेको शैक्षिक सुधार र गुणस्तरीय शिक्षाको अभियानमा शिक्षण सस्थाको भुमिका सबैभन्दा महत्वपूर्ण रहने बताए ।

उनले अन्तर्राष्टिय मापदण्डको नमस्ते एकेडेमिले बिद्यार्थी पलायनलाई रोकी स्थानीय रकम स्थानीय क्षेत्रमा नै लगानी गरी नगरको शैक्षिक र आर्थिक बिकासमा सहयोग पुर्याएको उल्लेख गर्दै यो एकेडेमी तिलोत्तमा नगरपालिकाको गहना भएको बताए ।एकेडेमिका अध्यक्ष बिष्णु भुसालले स्थापनाको छोटो समयमा स्थानीय र अभिभावकले दिएको स्नेह र मायाले सञ्चालकहरुमा उत्साह थपिएको बताउदै यसको गुणस्तरमा कुनै कमी आउन नदिने र नयाँ नयाँ अन्र्तराष्टिय प्रबिधिका माध्यमबाट अध्ययन अध्यापन गराई रहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्वर १४ का वडाअध्यक्ष सोहनप्रसाद थारु, प्याब्सनका केन्द्रिय सदस्य हेमलाल भुसाल, रुपन्देही अध्यक्ष लेखनाथ पौडेल, तिलोत्तमा अध्यक्ष दामोदर भुसाल, एकेडेमिका सिनियर प्रिन्सिपल डा. श्यामुअल साम्पत लगायतले बोलेका थिए । वार्षिकउत्सवकै अवसरमा आगामी वर्षदेखि कक्षा ११ शुरु गर्न प्रक्रिया अघि बढाउने घोषणा गरीएको थियो । कक्षा ११ सञ्चालनका लागि पहल गर्न एकेडेमिका उपाध्यक्ष योगेश घिमिरे, प्रवन्ध निर्देशक रामु जोशी गौतम र सञ्चालक श्यामलाल खरेल सदस्य रहेको समिति समेत गठन गरीएको छ ।एसीजडित बस र कक्षा कोठाहरु रहेको एकेडेमीमा अहिले ३ सय बिद्यार्थी अध्ययनरत रहेकोमा आगामी शैक्षिक सत्रमा ६ सय बिद्यार्थी पु¥याउने गरी कक्षा, भवन तथा अन्य पुर्वाधारको व्यवस्था गरीसकेको एकेडेमिका शैक्षिक संयोजक राजेन्द्र कुवरले जानकारी दिए ।एकेडेमीमा बिद्यार्थीहरुलाई स्वीमिङ पुल, क्रिकेट मैदान, फुटसल मैदान लगायतका पुर्वाधार तयार गरिएको एकेडेमीका संचालक डिल्लीनारायण पाण्डेले बताए र्।