हुरी प्रभावितलाई प्रदेश ५ का सांसदको एक दिनको पारिश्रमिक

प्रकाशित मिति:

बुटवल -प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले प्रदेश बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् । प्रदेश सभाको आइतबार बसेको वैठकले प्रदेश २ को बारा र पर्सामा केही दिन आएको भीषण हावाहुरीबाट प्रभावित नागरिकलाई राहतका लागि प्रदेश सभा सदस्यहरुले एक दिनको पारिश्रमिक बरारबको रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । प्रदेश सभा सदस्यको मासिक पारिश्रमिक ४५ हजार रुपैया रहेको छ ।

जस अनुसार एक जना सांसदको सहयोग १५ सय रुपैयां हुन आउंछ । प्रदेश ५ मा ८७ जना प्रदेश सभा सदस्य छन् । यसअघि प्रदेश ५ सरकारले बारा र पर्साका हुरी प्रभावितलाई एक करोड रुपैयां प्रदान गर्ने निर्णय गरेको थियो ।