प्रधानमन्त्री ओलीद्धारा सेनालाई कमजोर पार्ने खेलः प्रमुख सचेतक खाँण

प्रकाशित मिति:

यमलाल भुसाल,बुटवल नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई कमजोर पार्ने खेल खेली रहेको बताउँनु भएको छ ।पुर्व रक्षा मन्त्री समेत रहनु भएका उहांले प्रधानमन्त्रीले आफुले सेना परिचालन गर्ने निर्णय गर्नु राष्ट्रघाती भएको बताउँनु भएको छ ।नेपाली कांग्रेस तिलोत्तमा नगर सभालाई आईतबार मंगलापुरमा सम्बोधन गर्दै खाँणले राष्ट्रबादको नारा बोकेर प्रधानमन्त्रीले राष्ट्रघाती निर्णय गरेको बताउँनु भयो ।

नेपाली कांग्रेसका पुर्व स्वर्गिय शुशिल कोईरालाले सिल्याान्यास गर्नु भएको गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल निर्माणमा कम्युनिष्ट सरकारले ढिलाई गरेको उँहाले बताउँनु भयो । नेताका छोरा छोरी ठेकेदार हुँदा बिमानस्थल निर्माणमा ढिलाई भएको खाँणले दाबी गर्नु भयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले अहिलेको सरकारले भ्रष्ट्रचारलाई प्रोत्साहन गरेको बताउँनु भयो । वाईडवडी प्रकरणमा सरकारले छानविन नगरेर भ्रष्ट्रचारीलाई प्रोत्साहित गरेको बताउँदै उहाँले अलिहेको सरकारले सबिधानको समेत उल्लघन गरेको बताउँनुभयो । कांग्रेसमा सबै नेता एकले अर्कालाई विग्रार्न खोज्दा कांग्रेस कमजोर बनेको नेता विश्वकर्माले बताउँदै नेपाली कांग्रेस कमजोर हुँदा कम्युनिष्ट बलियो बनेको बताउँनु भयो । प्रतिनिधिसभाका सार्वजनिक लेखा समितिका सभापति तथा नेपाली कांग्रेसका नेता भरत कुमार शाहले अहिलेको सरकारले एनसेलको टावर बचाउँ गर्न नसक्नेले विदेशी लगानी भित्राउन नसक्ने बताउँनुभयो । भूमि ब्यवस्था सम्बन्धी ऐन सरकारले ल्याएर उद्योगी र मध्यमवर्गलाई कङ्गाल पार्न खोजेको उँहाले बताउँदै देशमा गरिब जनतालाई सम्पन्नता नबनाउँदा सम्म देशमा समृद्ध बन्न नसक्ने बताउँनुभयो ।नेपाली कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले प्रतिपक्षमा रहेर नेपाली कांग्रेसलाई बलियो बन्न अहिले अवसर मिलेको बताउँनु भयो ।नेपाली कांग्रेस तिलोत्तमा नगर समितिका सभापति हरिलाल पाण्डेयको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य रमा अर्याल, जिल्ला सचिब रामकृष्ण खाँण , लगायतले बोल्नु भएको थियो ।