अनलाईन पोष्ट र कपि पेष्टले पत्रकारिताको हत्या गर्दै छ : देवकोटा

२४ चैत्र २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
0 Shares


पत्रकारिता भनेको समाजको ऐना हो । जव ऐनाले समाजको आकृतिनै राम्रो देखाउन सक्दैन भने, त्यसको अर्थ रहदैन । त्यसैले पत्रकारिता भनेको ऐना जस्तै छलङ्ग हुनुपर्छ । समाज परिवर्तन र रुपान्तरणका लागि पत्रकारितालाई महत्वपुर्ण पाटो मान्नु र निश्पक्ष पत्रकारिताले समाज रुपान्तरणमा महत्वपुर्ण योगदान प¥याउछ भन्दै विगत डेढ दशकदेखि पत्रकारितामै जीवन विताएको नाम हो पत्रकार झविन्द्र देवकोटा । औपचारिक रुपमा साढीको सुरुवात दशकबाट पत्रकारितालाई अंगालेका देवकोटा सुरुमै रुपन्देहीको देवदहबाट प्रकाशन हुने देवदह सन्देशको सम्पादक थिए । देवदह सन्देशको सम्पादकसँगै उनी मेचिकाली दैनिकमा २०६१ सालमा केही समय जोडिए । २०६२ देखि बुटवल टुडे र रुपान्तरण भएको दैनिक पत्रमा झण्डै पौने एक दशक संवाददाताका रुपमा कार्य अनुभव संगालेका देवकोटासँग रेडियो देवदहका संस्थापक तथा दुई वर्ष प्रोग्राम ईन्चाज र तिलोत्तमा राष्ट्रिय दैनिकमा सम्वाददाताको कार्य अनुभव छ । २०६२ देखिनै निरन्तर बुटवल एफएमको संवाददाता रहेका देवकोटा एफएमकै कार्यक्रम उत्पादक समेत हुन् । देवकोटा थुप्रै अनलाईन पत्रिकाहरुमा अहिले आवद्ध छन् । डेढ दशक पत्रकारितामै पसिना बगाएका देवकोटाले थुप्रै स्मारिका तथा पुस्तकहरुको सम्पादन समेत गरि सकेका छन् । देवकोटा प्रस्तावित सामुदायिक पत्रकार संघ रुपन्देहीको अध्यक्ष समेत बनेको इतिहास छ । राम्रा र उत्कृष्ट समाचार लेखेकै कारण देवकोटाले विभिन्न विधाका दर्जनौ पत्रकारिता पुरस्कार समेत हात पारेका छन् । पत्रिका प्रकाशनका लागि टे«सिङ्ग बोकेर प्रेसमा पुग्नु, फोटो खिचेर रिल धुलाई गरि प्रेसलाई समाचारको फोटो छाप्न दिनु, समाचार लेखेर फ्याक्सबाट मिडियाहरुमा पठाउने, पत्रिका प्रकाशन गरेर गाउँगाँउमा बाट्न हिड्ने, रिल क्यासेट रिकर्डर वाक मेन बोकेर रेडियो रिपोर्ट बनाउन दुरदराज पुग्ने लगायतका धेरै अनुभव बटुलेका देवकोटासँग चौथो अंगका लागि गरिएको कुराकानी :

यहाँ पत्रकारितामा कसरि आउनु भयो ?
समाजिक कार्य गर्ने र समाजमा केहि गर्नु पर्छ भन्ने ठुलो रहर । रुपन्देहीको देवदहको माटोमा बाल्यकाल बित्यो । युवा साथीहरुको सहकार्यमा समाज रुपान्तरण गर्नु पर्दछ भन्ने भुत म भित्र थियो । विक्रम सम्वत २०५९ तिर रेडियो लुम्विनीको रेडियो स्रोता क्लवमा जोडिने अवसर पाएको थिए । स्रोता क्लवको सदस्य भएपछि गाउंशहरका गतिविधि दिने र कहिले काही छलफल गर्ने पनि गर्नु पर्दथियो । तत्कालिन समयमा साथी मुक्तिराम पोखरेल रेडियो लुम्विनीको देवदह संवाददाता हुनुहुन्थ्योे । उहाँको साईकल पछाडि बसेर जनबोली लिदाँको रमाईलो अनुभवले मलाई रेडियोमा बोल्ने र समाचार रिपोर्ट बनाउने रहर जन्माएको हो । त्यस सँगसँगै समाजमा भएका केही गतिविधिहरु टिप्ने र श्रोताहरु क्लवद्वारा रेडियोलाई बताउने पनि गरिन्थियो । त्यो शिलशिला केही वर्ष चल्यो । अनि २०६१ साउनमा स्थानीय साथीहरु मोहन ठाकुर, पवन पौडेल, शुशिला भट्टराई, शिव काफ्ले, धनकला काफ्ले, सन्देश ढुङ्गाना, विष्णु चौधरी लगायतको संलग्नतामा देवदह सन्देश पाक्षिक भित्रे पत्रिका प्रकाशन गर्न सफल भयौ । म पत्रिकाको सम्पादक थिए भने अरु साथीहरुले पत्रिकाको अन्य जिम्मेवारी समाल्नुहुन्थियोे । शुरुको अवस्थामा सानासाना पेपरमा हातले समाचार लेखेर, ठुलो चार्ट पेपरमा जोडेर टाँस्थिर्याै । त्यसरी तयार भएको पत्रिका देवदहका विभिन्न चोकहरुका टाँस्ने र सूचनाको पहुँच सबैमा पु¥याउने गर्दथियौ त्यसवेला हामीसँग गम किन्ने पैसा पनि थिएन । गाईको गोबरले पत्रिका भित्तामा टाँस्दथियौ । त्यसरी चोकमा पत्रिका टाँसेका कारण मलै गोबरे पत्रिकाको सम्पादकको उपनाम पनि पाएको थिए । तर भित्तामा टाँसेको पत्रिका पाठकले भने खुबै चाख लिएर पढ्थे । त्यसले खुबै आनन्द दिन्थियो । पछि सहयोग जुटाएर पत्रिका प्रेसबाट प्रकाश गर्न सफल भयौ । अहिले पनि पत्रिका टाँस्ने देवदह सन्देश भित्रे पत्रिका सूचना पार्टि देवदहका केही स्थानमा देख्न पाईन्छ । त्यसताका पत्रकारिता गरेर समाज परिवर्तन गर्न सकिन्छ भनेर प्रेणा दिने र समाचार लेख्न सिकाउने प्रेणाका श्रोत सिद्धिचरण भट्टराई हुनुहुुन्छ । त्यसरी सुरु भएको पत्रकारिताको यात्रा पन्ध्र वर्षदेखि निरन्तर जारी छ ।

यहाँको अनुभवले राजधानी र मोफसलको पत्रकारितामा के भिन्नता पाउनु भएको छ ?

स्थानका आधारमा पत्रकारितामा कुनै भिन्नता हुँदैन, फलतह केन्द्र अर्थात राजधानीमा गर्ने पत्रकारिता विषयबस्तु केन्द्रीत अर्थात बिटका आधारमा गरिन्छ भने मोफसलको पत्रकारिता खिचडी जस्तै हो । एकै ब्यक्तिले सबै विषयबस्तुका बारेमा लेख्नुपर्ने र समाचार बनाउनु पर्ने बाध्यता छ । त्यतिमात्र होईन फिल्डमा पनि त्यहि ब्यक्ति जाने र साँझ त्यहि ब्यक्तिले सम्पादन, पेपर सेटिङ्ग गर्ने र टिभि रेडियोमा समाचार पढ्नु पर्ने अवस्थाले गुणस्तरियतामा राजधानी र मोफसलको पत्रकारितामा भिन्नता आउनु स्वभाविक हो । अर्काेतर्फ मोफसलसँगै ग्रामिण स्तरमा गरिने पत्रकारिता धेरै चुनौतिको पत्रकारिता भएतापनि मोफसल र ग्रामिण (सामुदायिक) पत्रकारितालाई राजधानी (केन्द्र) को पत्रकारिताका आधारमा सामान्य मुल्याङ्कन गरिनु सकारात्मक पक्ष होईन ।

पत्रकारितामा चुनौति के देख्नुहुन्छ ?

पत्रकारितामा चुनौति नभएका होईनन् । तर पत्रकारितानै गरेका भरमा घम्की आउनु, आक्रमणमा पर्नु, अंगभंग हुनु, वा ज्यान गुमाउनु जस्ता घटनामा पछिल्ला समय कमि आएका छन् । तथापि यो नै चुनौति होईन भन्न सकिदैन । पछिल्लो समय सूचना र प्रविधिको विकासले सिंगो पत्रकारिताको क्षेत्रलाई नै चुनौति थपि दिएको छ । समाजिक संजाल र च्याउझै उम्रिएका अनलाईनले पत्रकारिता गरेकै भरमा आफ्नो जीविका चलाउनेहरुको पेशामाथी नै धावा बोलेको छ । जसले पत्रकारिता गर्नेहरुको संख्यामा ह्रास ल्याएको छ भने त्यसैको सहयोगमा कपि पेस्टको पत्रकारिताले पाठक, दर्शक र स्रोताहरुमा विश्वशनीयतालाई पनि घटाउदै लगेको छ । समाचारको प्रमाणिकरण नगरि भिवर बढाउने होडमा अनलाईन पोष्ट गर्ने परिपाटि पत्रकारिता क्षेत्रकै ठुलो चुनौती बनेको छ । यहि अवस्था जारी रहेमा पत्रकारिताकै हत्या नहोला भन्न सकिदैन । पछिल्लो समय खोज पत्रकारितामा कमि आउनु पनि यस्तैयस्तै कारण हुन् ।

तपाईको विचारमा पत्रकारितामा विकृती छन् ?

मैले पहिले पनि भने चुनौति सँगसँगै आएका विषयबस्तुहरुलाई छान्न सकिएन भने ति विकृतिका रुपमा बाहिर निश्कन्छन् । पत्रकारिता भनेको समाजको ऐना हो । जव ऐनाले समाजको आकृतिनै राम्रो देखाउन सक्दैन त्यसको अर्थ रहदैन । पत्रकारितामा कपि पेष्टलाई प्रोत्साहन दिनु, पहिलो हुने होडबाजीमा विना प्रमाणिकरण र स्रोत नखुलेका समाचार प्रकाशन गर्नु पाठक÷श्रोतालाई भ्रममा पार्ने समाचार प्रकाशन÷प्रशारण गर्नु पत्रकारिताका विकृति हुन् । त्योसँगै प्रलोभनका आधारमा गरिने पत्रकारिता पनि विकृति नै हो । राजनीतिक दलको जिम्मेवारी पदमा रहनेहरु अनि समाचारनै नलेख्ने तर पत्रकार हुँ भनेर परिचय पत्र देखाएर वार्केनिङ्ग गर्ने विषयनै विकृति हो । यस्ता विषयबस्तुहरु कुनै न कुनै रंग र भेदमा हाम्रो पत्रकारितामा देखिने गरेका छन् । अब त तपाईले चाहेको उत्तर पाउनुभयो जस्तो मलाई लाग्छ ।

पत्रकार र संचारमाध्यम सधै सत्तापक्षको तारोमा पर्दछन् । कारण के हो ?

तपाईले गरेकै प्रश्नमा उत्तर छ । सत्तापक्षले विपक्षलाई सधै तारो देख्छन्, जुनसुकै दल वा पार्टि हुन् । पत्रकार र संचारमाध्यम तिनका विपक्ष हुन्छन् । पत्रकार र संचारमाध्यमले गर्ने भनेकै सरकारले गरेका कमि कमजोरीलाई कोट्याउने र सचेत पार्ने हो । कसैले पनि आफ्नो बारेमा गरिएको टिकाटिप्पणि र कमजोरि कोट्याएको देख्न÷सुन्न चाहन्न । जयजयकारले सच्चा र यथार्त पत्रकारिता हुन सक्दैन ।

पत्रकारिताका प्रभाव र के्रेज के घट्दै गएको हो ?
अवश्य । समाजिक संजालमा आउने बेतुके सूचना र च्याउझै उम्रिएका अनलाईनहरुले जस्तासुकै समाचारहरु प्रकाशन गर्ने र विश्वसनीयता र गुणस्तरियताको घाटि निमोठ्दा पत्रकारिताको प्रभाव कम हुदै गएको देखिन्छ । यहि अवस्था रहे भविष्यमा पत्रकारिता इतिहास नबन्ला भन्न सकिन्न । एकातर्फ जस्तो लेखेपनि हुन्छ भन्ने पत्रकार र अर्काेतर्फ खोज समाचार लेखेपनि समाचारको प्रभावबारे सम्वन्धीत पक्ष बेखवर बन्ने परिपाटि त्यसपछि पत्रकारिताले केही गर्न सक्दैन भन्ने भ्रामक विषयले पत्रकारिताको प्रभाव घट्दै गएको छ । यस्तै पत्रकारिता पेशा अंगाल्नेहरुले भनिजति पारिश्रमिक पाउन नसक्नु पनि तपाईले सोधेको प्रश्नको सहि उत्तर हो । यसले नव आगन्तुक नयाँ पत्रकारहरुको क्रेजमा पनि ब्रेक ल्याएको छ ।
लेख्दा कत्तिको थ्रेट आउछ ? अनुभव के छ नि तपाईंको ?
समाचार लेखेकै भरमा थ्रेट आएका साना–ठुला धेरै घटना छन् । पत्रकारिता गरेकै भरमा द्वन्द्वकालमा रातभर चिसो भईमा सुतेको अनुभव र छातिमा बन्दुक राखिएका घटनाले अहिले पनि आंग जिरिङ्ग हुन्छ । २०६१ सालको सुरु तिर रुपन्देही रुद्रपुरमा एक साँस्कृतिक कार्यक्रममा गएको थिए । साथमा अहिले त्रिवेणी टेलिभिजनमा स्टेशन म्यानेजर रहेका कृष्ण ढकालपनि सँगै हुनुहुन्थ्यो । आयोजकले पत्रकारको परिचय सहित कार्यक्रममा बोलाए । पछि स्टेजबाट बाहिरिएसँगै केही साथीहरुले खुकुरी र पेस्तोल देखाउदै हामीलाई घेरा हाल्नुभयो । अनि ज्यान जोगाउन साथी कृष्ण र म त्यहि कार्यक्रम भएको स्टेशको तल चिसो दुबे भुईमा रात बिताएको सम्झना छ भने माओवादी लडाकु हेर्न जाँदा रुपन्देहीमै छातीमा बन्दुक राखेर तलाई मार्दिउ ? भनेको दृष्य अझै ताजा छन् । ति लगायत राजनीतिक, ब्यवसायिक थ्रेटको अनुभव त कति छ कति । थ््रेड आउछन् अनि समयसँगै पछि हराउछन् ।

यसरी यहाँले पत्रकारिता गर्दा यो पेशाबाट तपाईले पाएको र गुमाएको के छ ?
तपाईले मेरो अन्तरवार्ता लिन यहाँसम्म आउनु भयो । मैले पाएको यहि हो । मैले तपाई जस्ता धेरै मान्छे चिनेको छु कमाएको छु, यहिनै हो पाएको जस्तो लाग्छ । आर्थिक रुपले पत्रकारिता गरेर सवल हुन गाह्रो छ । तर पत्रकारिता गरेर भोकै मर्नु पर्दैन । पत्रकारिता पेशाले सजिलरि जीवन गुजार्न सकिन्छ त्यसैले मलाई पत्रकारिता गरेर पछुतो छैन । तर कहिले काहि जीवनको उर्जावान समय समाज परिवर्तनका लागि पत्रकारिता गरेर बिताए । जीवनको युवा उर्जावान समय यसैमा खर्चिए । पेशा छोड्दा न पेन्सेन छ, न कुनै सेवा सुविधा । अन्य पेशा ब्यवसाय गरेको भए बुढेसकालमा खर्च गर्ने सम्पती जोडिन्थियो कि भन्ने गुनासो हुन्छ । यहि हो मैले गुमाएको ।

अनि तपाईलाई कुन विधा (बिट) मा कलम चलाउन मन पर्छ ?
मलाई मन पर्ने विट भनेको वन वातावरण, सहकारी र ग्रामिण (सामुदायिक) पत्रकारिता नै हो । त्यसमा कलम चलाउनु मेरो रुचिको विषय हो र छ पनि । तर मोफसलमा सबै क्षेत्रमा कलम चलाउनु पर्ने बाध्यता भएका कारण बिट नै छुट्टै बनाएर पत्रकारिता भने गरेको छैन ।

पत्रकारिता गर्न चाहने र यो पेशामा आउन चाहनेका लागि तपाईले के सुझाव दिनुहुन्छ ?
पत्रकारिता हचुवाको भरमा गर्ने पेशा चाही होईन । पछिल्लो समय तत्काल रिजल्ट खोज्ने र नपाएपछि पलायन हुने पत्रकार धेरै छन् । धैर्यता राख्नेले मात्र पत्रकारिता गर्न सक्छ र टिक्छ पनि । कपि पेष्टका आधारमा गर्ने पत्रकारिता, प्रमाणिकरण गर्न र स्रोत खुलाउन नसक्ने वा वेवास्ता गर्ने र शुद्धतालाई ध्यान नदिने पत्रकारिताले समाचारप्रतिको विश्वशनियतालाई घटाउदै लगेको छ । यसमा पत्रकारले धेरैनै ध्यान पुर्याउनु पर्छ । यि कुरालाई अतिनै ध्यान दिनु अतिनै खाँचो छ । यसलाई बुझेर पत्रकारिता गर्नेले मात्र पत्रकारितामा आशा लाग्दो प्रगति गर्न सक्छ । सूचना र प्रविधिको ज्ञान समयसापेक्ष पत्रकारमा हुनै पर्ने विषय हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस