मौखिक स्पष्टीकरण पश्चात नारायणकाजीले दिए प्रवक्ता पदबाट राजिनामा

१६ श्रावण २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
8 Shares


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन्। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन्।

पार्टी नीतिविपरीत डा। गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए। ‘पार्टीको जानकारीविना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए। अर्का अध्यक्ष प्रचण्डले पनि ‘पार्टीको जानकारीविना भेटेर गलत काम गरेको र उनको नाममा कांग्रेसको आन्दोलनलाई मलजल गरेको’ भन्दै ओलीको भनाइलाई समर्थन जनाएपछि श्रेष्ठले तत्काल राजीनामाको घोषणा गरेको सचिवालयका एक नेताले बताए।

दुवै अध्यक्षले पालैपालो स्पष्टीकरण सोधेपछि प्रवक्ता श्रेष्ठले ‘मैले किन भेट्न नपाउने रु’ भन्दै झोक्किएर राजीनामाको घोषणा गरेको र थोरै शब्दको राजीनामापत्र लेखेर बाहिरिएको एक नेताले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ
  • चीनमा कोरोना भाइरसको उपचार गर्ने अस्पताल पाँच दिनमै तयार, उपचार…
  • जातिय कोटा प्रणाली अन्त्य गरि योग्यता अनुसारको रोजगार पाउने कहिले…
  • ७५ वर्षीय चन्द्रवीर जो एक्लैले पहाड फोडेर गाउँमा बाटो पुर्‍याए
  • तराईमा आतंक मच्चाउने भारतीय युवकलाई गोली हानेर पक्राउ
  • नेकपा छोडेर दर्जनौ नेता कार्यकर्ता कांग्रेसमा
  • नेविसंघको महामन्त्रीमा खनालको सम्भावना बढ्यो
  • अपाङ्गता नीति निर्माणमा समाबेशीकरण गर्न माग
  • सहोदर दिदिबाटै बहिनीमाथि अन्याय गरेको भन्दै हारगुहार
  • यौनकाण्डमा सम्मिलित पत्रकारको अवस्था : ‘सुबेदी कारागारमा, बस्नेत र न्यौपाने…