कालिमाटीमा भरियाको रहस्यमय मृत्यु

प्रकाशित मिति:

काठमाडौं–१३, कालिमाटीको तरकारी बजारमा एक जना भरियाको मृत्यु भएको छ । अन्दाजी ४२ वर्षीय ती पुरुषको सनाखत हुन सकेको छैन ।काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनलाई गस्तीमा रहेको प्रहरी टोलीले ३ बजे टंकेश्वर पुलको पेटीमा छट्पटाइरहेको अवस्थामा भेटेको थियो । तत्कालै उनलाई उपचारका लागि वीर अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको बोगटीले बताए ।

उनका अनुसार उनी भेटिनु एक घन्टाअघि गस्ती टोलीले नै अर्का भरिया पनि छट्पटाइरहेको अवस्थामा फेला पारेको थियो । उनको पनि वीर हस्पिटलमै उपचार भइरहेको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरु दुई जनाबीच झगडा हुँदा घटना भएको देखाएको छ ।उनीहरुले एकआपसमा इँटा प्रहार गरेको जस्तो देखिन्छ’, अनुसन्धान अधिकारी भन्छन्, ‘उपचारका क्रममा अर्का व्यक्तिले झगडा भएको बताएका छन् । तर, उनी बोल्न सक्ने अवस्थामा फर्किएपछि मात्रै निर्क्यौल हुन्छ ।’थप अनुसन्धान भइरहेको बोगटीको भनाइ छ ।