प्रणिधि विद्यालय – जहाँ घरै भुल्छन विद्यार्थी

प्रकाशित मिति:

झविन्द्र भण्डारी, काठमाण्डाैँ

विहान ९ नवज्दै साना बालबालिकाहरु खुसी हुदै स्कुल आइपुग्छन । उनीहरुलाई वेलुका ४ वजेको पत्तै हुदैन । यहि पढ्छन्, यहि खेल्छन्, यहि खान्छन् अनि यहि रमाउछन । शिक्षकहरुले समेत उनीहरुलाई उस्तै माया गर्दछन् । यसरी विद्यार्थीहरुले घरै भुल्ने स्कुल हो चन्द्रागिरि नगरपालिका वडा नं. १२ बलम्वु काठमाण्डौमा रहेको प्रणिध इङ्गलिस सेकेन्डरी स्कुल । बालबालिका वस्ने कक्षा कोठाको सजावट, प¥र्याप्त खेलकुद सामग्री, शान्त एवं मनोरम वातावरणकै कारण यो स्कुल विद्यार्थीहरुको शिक्षाको गन्तव्य बनेको छ ।

२०५० सालमा यस क्षेत्रका सामाजिक, शैक्षिक एवंक बौद्धिक व्यक्तित्वहरु प्रेमकृष्ण श्रेष्ठ, गोविन्द महर्जन र विरकृष्ण महर्जनको पहलमा महालक्ष्मी स्कुलको नामबाट यो स्कुल स्थापना भएको थियो । जुन अहिले प्रणिधि इङ्गलिस सेकेण्डरी स्कुलको नामबाट सञ्चालित भइरहेको छ । काठमाण्डौ भन्ने वित्तिकै धुवाँ धुलोको प्रदुषण तथा मानिस मानिसको कोलाहल हुने ठाउँ जस्तो हामीलाई लाग्छ तर यो ठाउँ त्यस्तो छैन चन्द्रागिरिको समिपमा रहेको यो नगरपालिका अझ त्यसमा पनि स्कुल भएको क्षेत्र बलम्वु निकै शान्त र मनोरम वातावरणमा रहेको छ ।
स्कुलका संस्थापक व्यक्तिहरुको अनुरोध पछि पाटन निवासी सिद्धी बहादुर शाक्य मार्फत जापानका नागरिक टि. नाकामुराद्वारा विद्यालयलाई विशेष सहयोग प्राप्त भएकाले यो स्कुल यो अवस्था सम्म आइपुगेको यस क्षेत्रका जानकारहरु बताउछन । आफ्नै भवन रहेको यस स्कुलको स्थापना समय अर्थात २०५० सालमा नर्सरी देखि २ कक्षा सम्म मात्र सञ्चालित थियो भने अहिले १० कक्षा सम्म सञ्चालन भइरहेको छ भने यहि शैक्षिक सत्रबाट कक्षा ११ र १२ को मान्यता लिइसकेर सञ्चालन गर्ने तयारीमा समेत रहेको छ ।

स्कुलको वारेमा कुरा गर्दा संचालक समितिका अध्यक्ष प्रेमकृष्ण श्रेष्ठ भन्नुहुन्छ स्थापनाको समयमा विद्यालय सञ्चालन गर्न निकै समस्या संग जुध्नु प¥यो । ठाउँको अभाव, कक्षाकोठाको अभाव जस्ता धेरै समस्या थिए । त्यही समयमा स्कुलको लागि सौभाग्य नै भन्नुपर्छ विशेष पहल मार्फत जापानका टि नाकामुरासंग भेट पश्चात उहाँको विशेष सहयोगमा स्कुल सञ्चालन गर्न केही सहज भयो । सवैको साथ र सहयोगले विभिन्न आरोह र अवरोहहरु पार गर्दै प्रणिधि स्कुल यो अवस्था सम्म आइपुगेको छ ।

प्रणिधि स्कुलका निर्देशक राजु श्रेष्ण भन्नुहुन्छ, ‘प्रणिधि हरेक समुदाय र आम जनताको साझा स्कुल हो । विद्यालयको शैक्षिक देखि भौतिक क्षेत्रको विकासमा यस क्षेत्रका सम्पूर्ण राजनितिक दलका व्यक्तित्व तथा विद्यालय व्यवस्थापन समिति र अभिभावकको सल्लाह र सुझाव अनुसार हामी अगाडी बढ्ने गर्दछौ । यो स्कुलको हरेक कक्षादेखि शिक्षकहरुको कोठा तथा क्यान्टिनमा समेत सि.सि. क्यामेरा जडान गरिएको छ । जसले गर्दा एक ठाउँमा वसेर हरेक विद्यार्थी तथा शिक्षकको समेत क्रियाकलापहरु नियाल्न सकिने हुनाले स्कुलको शैक्षिक गुणस्तरमा बृद्धि भएको छ । यो स्कुलमा शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिका विचमा निकै राम्रो सम्बन्ध छ । शैक्षिक स्तर सुधार गर्ने हरेक कुरामा सम्पूर्ण अभिभावक ज्युहरु सधै सकारात्मक भएकाले विद्यालयको शैक्षिक स्तर उकास्न सहज भएको हो ।’
त्यस्तै प्रधानाध्यापक निरु भण्डारी भन्नुहुन्छ ‘यस स्कुलका शिक्षक, विद्यार्थी र अभिभावक ज्युहरुका विचमा त्रिकोणात्मक सम्बन्ध स्थापित भएको छ । यसका साथै विद्यालय व्यवस्थापन समिति, अभिभावक, निर्देशक तथा सम्पूर्ण शिक्षकहरुको समेत सक्रिय सहभागितामा हरेक महिना घरदैलो कार्यक्रम सञ्चालन गरि विद्यार्थीको घरमा पुगि विद्यार्थी र अभिभावकसंग बसेर उनीहरुको पढाई तथा विद्यालय प्रतिका सल्ल्लाह तथा गुनासाहरु लिइरहने गर्दछौ । सबैसंगको समन्वयले गर्दा विद्यालयको हरेक पक्षमा सकारात्मक सम्बन्ध कायम रहेको छ । अहिले सम्म ३ वटा ग्रुपले एस.ई.ई. दिएकोमा विद्यार्थीको लगनशीलता, कर्तव्यनिष्टता र मिहिनेती भएकै कारण सत प्रतिशत विद्यार्थी राम्रो अंक ल्याएर उत्तीर्ण हुन सफल भएका छन । जसबाट हामी मात्रै होइन हाम्रा अभिभावकहरु समेत सन्तुष्ट हुनुहुन्छ । स्कुलको शैक्षिक स्तरलाई माथि उकास्न हामी हरपल लागि परेका छौ ।’
स्कुलले गत माघ २० गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा बृहत कार्यक्रमको आयोजना गरि २५ वर्ष पूरा भएको अवसरमा स्थापनाको “रजत जयन्ती” भब्यताका साथ मनाएको थियो ।