परदेशी गायक समिर बिष्णु खत्रीको टिक टक ले चर्चा पाउदै

प्रकाशित मिति:

सुदिप गौतम,बुटवल परदेशमा रहेर पनि नेपाली गित संगीतमा निरन्तर माया गर्ने मध्यका एक हुन् समिर बिष्णु खत्री। उनि परेशमा बसेर पनि निरन्तर गित संगीतमा लागेका छन। पछिल्लो समयमा उनले सामाजिक संजाल फेसबुक भाईबर र टिक टक को बढ्दो दुरुपयोगको बारेमा कमेडी गित “टिक टक ले बिगार्यो ” अविरल फिल्म्स प्रा लि को युटुब च्यानल मार्फत बजारमा ल्याएका छन, र गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्दै गैरहेको छ।

कमेडीको रुपमा प्रस्तुत गरिएको उक्त गीतमा हास्य कलाकार सरापे, सुसिला निरौला( बिमलि ) अर्जुन कुवर (पित्री बुढो) अविरल भट्टराई सित्तल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। गितमा शब्द समिर बिष्णु खत्री ले गरेका हुन् भने संगीत पछिल्लो समयका व्यस्त श्रजक गणेश अधिकारीले गरेका हुन्। गितको बजार व्यवस्थापन योगसाना डिजिटलले गरेको छ। गितमा स्वर समिर बिष्णु खत्री र गायिका देबी घर्तिले स्वर दिएका छन। भिडियोमा स्रिङ्गार सगुन शर्माको रहेको छ। गितलाई छायांकन, सम्पादनर र निर्देशन चर्चित निर्देशक बिष्णु भट्टराईले गरेका छन। गायक समिरले यस अघि यथार्थ घटनामा आधारित एकल लोक गित “फर्की आउनुस बाबा” बजारमा ल्याएका थिए। टिक टकले बिगार्यो गीतको सफलताको सुभकामाना