स्रोह छत्तीस संयुक्त सिंचाई प्रणालीको छैठौं साधारण सभा तथा अधिवेशन सम्पन्न

प्रकाशित मिति:

बुटवल -स्रोह छत्तीस संयुक्त सिंचाई प्रणालीको छैठौं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी प्रदेश न ५ का भौतिक पूर्वाधार तथा विकास मन्त्रि वैजनाथ चौधरीले केन्द्रबाट प्रदेश सरकारलाई १० हजार हेक्टर हेर्नेगरी जिम्म दिएपनि उक्त स्थानमा छुट्याईने बजेट यकीन नगरेकाले स्रोह छत्तीसको माग अनुसारको ६४ करोड बजेट प्रवाह गर्न समस्या पर्ने स्पष्ट पार्नुभयो । वहांले धेरै पुरानो स्रोह छत्तीस मौझाको संरक्षणका लागि प्रदेश सरकारले गर्नुपर्ने सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले कृषि र किसानसंग जोडिएका विकासका योजना सम्पन्न गर्न नगरपालिका तयार रहेको जनाउनुभयो । उहांले एसियाकै ठूलो सिंचाई प्रणाली स्रोह छत्तीस ले सिंगो नगरको प्रतिष्ठा उचो बनाएकाले सरकारका तर्फबाट यसको संरक्षण र विकासमा सहयोग हुनुपर्ने धारणा राख्नुभयो ।विश्व सिंचाई दिवशको अवसरमा आयोजित कार्यक्रममा जलउत्पन्न प्रकोप व्यवस्थापन विभागका निरन्जन देव पाण्डे, रुपन्देहीका पूर्व डिभिजन सिंचाई प्रमुख वसन्तराज पौडेल, अक्षर प्रसाद श्रेष्ठ, सिंचाई प्रणालीका पूर्व सभापति कृष्ण प्रसाद पोडेल, ३६ मौझा सामुदायिक सिंचाई प्रणालीका अध्यक्ष यज्ञ गैरे लगायतलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सिंचाई प्रणालीका अध्यक्ष शुकदेव न्यौपानेको अध्यक्षता तथा सचिव धु्रव धितालको संचालनमा सम्पन्न भएको थियो ।