गिट्टी, ढुंगा लोड गरि ल्याउदै गरेको अवस्थामा ४वटा ट्याक्टर नियन्त्रणमा

२५ चैत्र २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
65 Shares


नवलपरासी-पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिका स्थित नारायणी नदी किनारबाट गिट्टी, ढुंगा लोड गरि ल्याउदै गरेको अवस्थामा ४वटा ट्याक्टरलाई शसस्त्र प्रहरी बल विनयी त्रिबेणी विओपीले सोमबार नियन्त्रणमा लिएको छ ।

नदी किनारबाट गिट्टी, ढुंगा लोड गरि ल्याउदै गरेका लु ३ प ९१२, लु ४ त १८१५, लु २ प ४५४५, लु ४ त १५९ नम्बरको चारवटा ट्याक्टरालई नियन्त्रणमा लिएर विओपी क्याम्प त्रिबेणीमा राखिएको शसस्त्र प्रहरी निरिक्षक कुडाखर गौतमले जानकारी दिनुभएको छ । शसस्त्र प्रहरीद्धारा नियन्त्रणमा लिइएको ट्याक्टरलाई जरिवानाको लागी विनयी त्रिबेणी गाउपालिका दुम्कीबासमा पत्रचार भएको शसस्त्र प्रहरी निरिक्षक गौतमले बताउनुभएको छ । पछिल्लो समयमा यता नारायणी नदीको आसपासका ईलाकाबाट नदी जन्य समाग्रीको तस्करी बढ्न थालेपछी सुरक्षा निकायले रातिको समयमा चेकचाजमा कडाईमा गर्न थालेपछी तस्करी गरि ल्याइएका नदीजन्य समाग्री नियन्त्रणमा आउन थालेको पनि बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया