युएईमा आममाफी लागू,गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाआममाफीको समय

प्रकाशित मिति:

युएई – युएईले विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ । आममाफी बुधबारदेखि सुरु भएको छ ।

अगष्ट १ देखि अक्टोबर ३१ सम्ममा युएईले दिएको यस अवसरमा अवैधानिक रुपमा युएईमा बसिरहेका अरु विदेशी नागरिक सहित नेपालीले पनि फाइदा लिन सक्नेछन् ।

अवैधानिक रुपमा रहेका नेपालीलाई आममाफीमा सहभागी हुन नेपाली दूतावास युएईले अनुरोध गरेको छ । दूतावासले युएईमा अवैधानिक रुपमा रहेका सबै नेपालीलाई आममाफीको प्रक्रियामा सहभागी हुन जतिसक्दो चाँडो दूतावासको सम्पर्कमा आउन आग्रह गरेको हो।

भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउनेछन् ।

आफूलाई पाएक पर्ने ठाउँको अध्यागमन कार्यालयबाट यात्रा अनुमति पत्र लिने र दूतावासबाट आउटपास लिएर नेपाल फर्किन पाइने दूतावासले जनाएको छ । यात्रा अनुमति पत्र पाएको एक हप्ताभित्र युएई छाडिसक्नुपर्नेछ ।

युएईमा भिसा अवधिभन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउनेछन् । तर उनीहरुको हकमा ६ महिनासम्मको अस्थायी भिसा हुनेछ ।
६ महिनाको समयमा काम गर्ने सम्बन्धित कम्पनीको प्रायोजनमा कामदार अनुमति भिसा लगाइसक्नु पर्नेछ ।

कामदार अनुमति भिसा लगाउन नसकेमा अतिरिक्त शुल्क तिरेर फेरि अस्थायी भिसामा बस्न पाइने छ । स्वदेश फर्किन चाहेमा जरिवाना र कुनै प्रतिबन्ध लागाइने छैन ।

पासपोर्ट नभएका तर भिसा लगाएर वैधानिक भई काम गर्न चाहने नेपालीको हकमा दूतावासमार्फत निवेदन दिएर राहदानी बनाउन सकिने दूतावासले जनाएको छ । दूतावासले परराष्ट्र मन्त्रालय तथा राहदानी विभागसँगको समन्वयमा युएईबाट आवेदन दिएका राहदानी फास्टट्रयाकबाट दूतावासमा आउने गरी काम गर्ने तयारी गरेको छ ।

आफ्नो देश फिर्ता हुन चाहेका नागरिकले शुल्क वा सजाय तिर्नुपर्ने छैन । यसरी स्वदेश फर्किएकाहरु फेरि युएई आउन पाउनेछन् । हवाइ टिकट भने व्यक्ति स्वयमले नै तयार बनाउन पर्छ ।

भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउनेछन् ।

आफूलाई पाएक पर्ने ठाउँको अध्यागमन कार्यालयबाट यात्रा अनुमति पत्र लिने र दूतावासबाट आउटपास लिएर नेपाल फर्किन पाइने दूतावासले जनाएको छ । यात्रा अनुमती पत्र पाएको एक हप्ताभित्र युएई छाडिसक्नुपर्नेछ ।