दिपकले जुराए फिल्मको नाम “६ माया छपक्कै “

प्रकाशित मिति:

काठमाडौँ -६ एकान ६ु बाट फिल्म निर्माणमा होमिएका दीपकराज गिरी र दीपाश्री निरौलाले आउँदो वर्ष बाहिरी ब्यानरसँग सहकार्य गरेर दुई फिल्म निर्माण गर्दैछन् । पहिलो फिल्म ुगाजलुु निर्माता रोहित अधिकारीसँग हुने फाइनल भइसकेको छ भने नाम पनि घोषणा गरिएको छ । सोमवार चलचित्र विकास बोर्डमा नाम दर्ता गरेसँगै मंगलवार बिहान कलाकार गिरीले फेसबुकमार्फत् फिल्मको नाम सार्वजनिक गरेका छन् ।

दीपक र दीपालाई छ नामबाट जुराइएको फिल्म निकै फापेको छ । यसपटक पनि फिल्मको नाम ुछु बाटै जुराइएको छ । ुघामपानीु र ुगापीु फेम्ड निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्मको नाम ‘छ माया छपक्कै’ राखिएको छ । निर्माता अधिकारीले फिल्म कमेडी लभस्टोरी जनरामा निर्माण हुने बताए । फिल्ममा सामाजिक विषयलाई पनि उठाइएको उनको भनाई छ । आउँदो बैशाख २२ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ भने दशैंमा प्रदर्शनमा आउनेछ ।

फिल्मलाई हरी हुमागाइँले खिच्नेछन् । यो फिल्म दीपकराजको टिमले विना लगानी ५० प्रतिशत मुनाफा लिने सर्तमा काम गर्न लागेको हो । बुझ्ने भाषामा भन्दा फिल्ममा सम्पूर्ण लगानी निर्माता अधिकारीको रहनेछ तर, फिल्म सफल भएको खण्डमा उनले मुनाफाको ५० प्रतिशत दीपकराजलाई बुझाउनु पर्नेछ । फिल्ममा अहिलेसम्म दीपक र केदार घिमिरे मात्र कलाकारको रुपमा फाइनल भएका छन् । यसमा जितु नेपाल पनि हुने सम्भावना छ । अहिले निर्माण टिम फिल्मका लागि लिड अभिनेत्रीको खोजीमा छ । ‘छ माया छपक्कै’ मा दीपक शर्माको संगीत रहनेछ । निर्माता अधिकारीले बाँकी कलाकारहरु केही दिनमा छनोट गरिने जानकारी दिए । फिल्मको कथा, पटकथा तथा संवाद कलाकार दीपकराजकै रहनेछ । हाल उनी फिल्मको फाइनल स्क्रिप्टमा काम गरिरहेका छन् । दशैंमा यो फिल्मको भिडन्त अशोक शर्माको ुरातो टिका निधारमाु सँग हुनेछ ।