नेकपाका नेता नेपाल अस्पताल भर्ना

प्रकाशित मिति:

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । विगत तीन दिनदेखि अस्वस्थ भएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ । नेता नेपाल केही दिनअघि वारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यहि क्रममा उनलाई ज्वरो र खोकीले च्यापेको थियो ।