देश र कांग्रेस दुवैको भविष्य संकटमाः शेखर कोइराला

प्रकाशित मिति:

उदयपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चरम गुटबन्दीले कांग्रेसको भविष्य संकटमा परेको बताएका छन् । उनले कांग्रेस अहिलेकै अवस्था विद्यमान रहे आगामी दिनमा देश र कांग्रेस दुवैको भविष्य संकटमा पर्ने ठोकुवा गरेका छन् । उदयपुरको गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को नयाँ कार्यालय स्थापनाको अवसरमा बोल्दै कांग्रेस तलदेखि माथिसम्मको गुटबन्दीले शिथिल बनेको र यही अवस्था विद्यमान रहे कांग्रसको भविष्य संकटमा पर्ने बताए ।

उनले पार्टीको मूल नेतृत्वकर्ता नै गुटउपगुटमा लाग्दा केन्द्रदेखि जिल्लासम्मै पार्टी कमजोर बन्न पुगेको भन्दै चिन्ता व्यक्त गरे । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटो बिर्सनु पार्टी दुर्गतिको जड भएको नेता कोइरालाको ठहर छ ।