जुगल हिमालमा पहिलो पटक मानव पाइलाजुगल हिमालमा पहिलो पटक मानव पाइला

प्रकाशित मिति:

सिन्धुपाल्चोक – भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा मंगलबार पहिलो पटक मानव पाइला पुगेको छ । चैत १५ देखि हिमालको चुचुरोतर्फ अघि बढेको सात सदस्यीय टोली मंगलबार ५ बजेर २० मिनेटमा शिखरमा पुगेको हो ।

सोमबार बेलुकी ८ बजेबाट ४ हजार ७२४ मिटरको उचाइमा रहेको अन्तिम बेस आधार शिविरबाट चुचुरोतर्फ गएको टोली मंगलबार बेलुकी पुगेको हो । सगरमाथा आरोही एव प्रथम समावेशी हिमाल आरोहण दलकी सदस्य माया गुरुङको नेतृत्वमा जुगल हिमाल आरोहण सुरु भएको थियो ।

गुरुङसहित सिन्धु पर्यटन परिषदका महासचिव मिलन तामाङ, शर्मिला थापा, फोटोग्राफर प्रेम गुरुङ र अन्तर्राष्ट्रिय माउन्टेन गाइड तुलसी गुरुङ र अन्य सहयोगी जुगल हिमाल आरोहण गरेका हुन् ।प्रदेश ३ सरकार र जुगल गाउँपालिकाको आयोजनामा जुगल हिमालको औपचारिक आरोहण सुरु गरिएको थियो ।