पार्टी सभापति देउवाले अपमान गरे : नेता सिटाैला

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले अपमान गरेको बताएका छन् । उनले पार्टीभित्र विभाग गठनकाे भागबन्डामा समेत आफूलाई अपमान गरेकाे बताएका हुन् ।

जनआन्दोलन दिवसको अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै सिटाैलाले इमान्दार, सक्षमलाई किनारा लगाएर नजिकका मान्छेलाई जिम्मेवारी दिने काम हुँदा पार्टीभित्र कसरी एकता हुन्छ ? भन्दै प्रश्न गरेका थिए । उनले युवाहरु सक्षम भए पनि नेतृत्वले सधै किनारा लगाउँदै आएकाे बताए । उनले संवैधानिक आयोगको नियुक्तिमा सरकारले संविधान मिच्दा विरोधमा बोल्न नसकेको भन्दै सभापति देउवाको आलोचना गरे ।नेता सिटौलाले पार्टीभित्र योग्यता र क्षमताका आधारमा जिम्मेवारी नदिँदा पार्टी कमजाेर भएकाे बताए ।