‘सांस्कृतिक आन्दोलनमा रक्तिमको भूमिका महत्वपूर्ण’

प्रकाशित मिति:

बुटवल-रक्तिम सांस्कृतिक अभियानको राष्ट्रिय भेला बुटवलमा सुरु भएको छ । राष्ट्रिय भेलाको उद्घाटन गर्दै अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरव राज रेग्मीले सांस्कृतिक आन्दोलनमा रत्तिमको भूमिकाको चर्चा गरे । उनले देशका हरेक परिवर्तन र क्रान्तिकारी आन्दोलनहरुमा रक्तिम साँस्कृतिक अभियानको महत्वपूर्ण भूमिका रहेको बताए । उनले रक्तिमलाई बैचारिक र संगठनात्मक रुपमा अझै सशक्त बनाएर लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा बामपन्थी नेता कृष्ण पौडेलले जनताको भावना बोक्ने सोशित पिडितका गित संगितमार्फत सचेतना फैलाउनु पर्नेमा जोड दिए । उनले व्यवस्था परिवर्तन अवस्यक भएको भन्दै नयाँ जनवादी क्रान्तिका लागि तयार हुनुपर्नेमा जोड दिए । उनले वर्तमान राज्य व्यवस्थाबाट नयाँ जनवादी व्यवस्था तथा समाजवादी व्यवस्थाको कुनै आशा गर्न नसकिने दावी समेत गरे । ‘यो व्यवस्थाबाट नयाँ जनवादी व्यवस्थाको कल्पना समेत गर्न सकिदैन् ।

व्यवस्था परिवर्तनका लागि एउटा नयाँ आँधीवेरिको अवस्यक छ ।’ उनले भने । भेलामा बोल्दै रक्तिम साँस्कृतिक अभियान राष्ट्रिय भेला आयोजक समितिका संयोजक नारायण योगीले लामो इतिहास बोकेको रक्तिमलेसाँस्कृतिक आन्दोलनको अगुवाइ गरिरहेको बताए । उनले शोषित पीडित जनतालाई वैचारिक रुपमा सचेत गराउँदै देश परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । रक्तिम नाचगान गर्ने संगठन होइन् । विचारले खारिएको जनवादी संगठन हो ।’ उनले भनेसामन्ती, साम्राज्यवादी संस्कृतिको विरोध गरौं, रक्तिम सांस्कृतिक अभियानको राष्ट्रिय भेला सफल पारौं” भन्ने मूल नाराको साथ रक्तिम सांस्कृतिक अभियानको राष्ट्रिय भेलाको बुटवलमा आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का महासचिव लोकराज भुसाल, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रिय सल्लाहकार दुर्गानाथ खरेल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका ढुण्डीराज शर्मा, अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर के.सी., अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवर, प्रगतिशिल लेखक संघका बाबुराम आचार्य, प्रगतिशिल पत्रकार संघका लोकेन्द्र सुनार, राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीका सचिव दिपक पौडेल, अखिल नेपाल जनजाति संघ रुपन्देहीका अध्यक्ष बिमल श्रीष लगायतले बोल्दै रक्तिमको भेला सफलताको शुभकामना दिएका थिए । यस अघि फागुन १,२ र ३ गते पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन संगठनको विविध आन्तरिक कारणले सम्पन्न हुन नसकेपछि मातृ पार्टी राष्ट्रिय जनमोर्चाले सम्मेलन स्थगित गरी समिति भङ्ग गरेको थियो । त्यसपछि लगत्तै भेला आयोजक समिति गठन गरी राष्ट्रिय भेलाको लागि निर्देशन दिएको थियो ।