अधिकारीलाई पौडेल र जोशीले तानातान

प्रकाशित मिति:

प्रकाश अधिकारी तनहु -नेपाली कांग्रेस तनहुँमा संस्थापन पक्ष र जिल्ला समानन्तर समितिले आआफ्नो कार्यकर्ता आफ्नो पक्षमा पार्न तानातान गर्ने थालेका छन्।केन्द्र देखि वडासम्म गुटबन्दीले घेरिएको नेपाली कांग्रेसमा बहुमतको कम्युनिस्ट सरकार संचालन गरिरहदा कांग्रेस अझै जनतामाझ र संगठन गर्ने आतुर देखिदैन।

गत वर्षको चुनावमा देशव्यापी पार्टी भित्र अन्तरघातले उम्मेदवार पराजित भएको भन्दै बल्लतल्ल अनुशासन समिति गठन भएको छ तर पार्टीमा गुटगत हावी भएको कारण यस्ले पनि निष्पक्ष रूपमा निर्णय गर्छ भन्नेमा कार्यकर्ता विश्वस्त छैनन्।त्यस्तै तनहुँ कांग्रेसका पुराना नेताहरूले भनेको जस्तै तनहुँ कांग्रेसमा २००४ सालबाट भन्दापनि जिल्ला कार्यसमिति गठन हुदा लगभग २०३१र३२ सालतिरबाटै हालका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको सम्बन्धमा खटपट भएको तर बहुदल आएपछि अझ यिनिहरूको सम्बन्ध चिसिएको थियो। पौडेल र जोशीलाई नजिकबाट चिनेका नेताले त दुवै स्वार्थी आफ्नो स्वार्थमा मात्र मिल्ने गरेको बताउने गर्दछन्।

अहिले तनहुँमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति दुईवटा छ। दुइवटै पार्टी कार्यालय पनि छ। साविक क्षेत्र न।२ का उपसभापति भिमबहादुर अधिकारीलाई यतिखेर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र गोविन्दराज जोशी पक्षले तानातान गरेका छन्। एक महिना पहिला म समानन्तर समिति छैन म विधानअनुसार प्रतिबद्ध छु भन्दै संस्थापन कार्य समितिलाई पत्र लेखेका अधिकारी पुन समानन्तर समितिको क्षेत्रीय सभापति भएका छन्।जोशी पक्षधर संस्थापन पक्षका कार्यकर्ताहरूलाई आफ्नो समितिमा ल्याउन लागिरहेका छन् भने संस्थापन कार्यकर्ता रोक्न तनहुँ कांग्रेसमा संगठन बिग्रदै गइरहेको छ।भण्डारी संगठन गर्दै गाँउगाँउमा जादै:त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी भने पार्टी र संस्था रहे नेताहरूले राजनिती गर्ने हो। व्यक्ति होइन संगठन बनाउनपर्छ भावी दिनमा जोकोहीलाईपार्टीले उम्मेदवार बनाएपनि जित्नपर्छ भन्दै जिल्ला भर विभिन्न कार्यक्रममा हिडिरहेका छन्। अन्य जिल्लाका केन्द्रीय सदस्य चुनावमा पराजित भएसंगै जिल्ला आउन छाडेका छन्।