सुनगाभा र दुधराक्ष फाइनल प्रवेशका लागि भिड्ने

प्रकाशित मिति:

ललित पाण्डेय-सैनामैनारुपन्देहीमा जारी सैनामैना प्रिमियर लिग क्रिकेट प्रतियोगितामा सुनगाभा र दुधराक्ष फाइनल प्रवेशका लागि भोलि भिड्ने भएका छन । स्टार स्पोट्स क्लबको आयोजनामा लम्टियाको खेल मैदानमा जारी आजको पहिलो प्रतियोगितामा सोरौली स्टर २६ रनले विजयी भएको छ । टस जितेर पहिले फिल्डीङ्ग रोजेको सुनगाभाले व्याटिङ्गको लागि सोरौलीलाई निम्तो दिएको थियो । सोरौंलील् १९. ३ ओभरमा अलआउट भई १५६ रनको लक्ष्य सुनगाभालाई प्रस्तुत गरेको थियो ।

सोरँैली स्टारका क्याप्टेन सरोज पौडेलले ८५ रनको पारी खेलेका थिए । सुनगाभाका बलर सुशिल सपकोटाले ४ ओभरमा ४ विकेट लिएका थिए । निर्धारित १५६ रनको लक्ष्य पछ्याउने क्रममा सुनगाभा च्याम्प १९.४ ओभरमा अलआउट हुदै १२९ रन मात्र जोड्न सफल भयो । जसको लागि अंकित परियारले २८ रन र विक्रम गौतमले २४ रनको योगदान दिएका थिए । सोरौलीका सरोज पौडेल, विकास, वसन्त र खुमले २ २ विकेट लिएका थिए । । खेलको म्यान अफ द म्याच ८५ रन र ३ विकेट लिएका सरोज पौडेल भएका थिए । मस्ट सिक्सेज सरोज पौडेलको पोल्टोका प¥यो भने । गेम चेन्जरको अर्वड बसन्त खड्काले १५ वलमा २३ रन र २ विकेट लिएका थिए ।

त्यस्तै आज नै भएको दोश्रो खेलमा सैनामैना नाइटराइर्डसलाई ५ विकेटले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ्गग रोजेको सैनामैना नाईडराईड्सले २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतीमा ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसमा थम बहादुर खप्तारीले ३४ र गोपल शर्माले २७ रनको योगदान दिएका थिए । दुधराक्ष वारियर्सका बलर शुसिल पौडेल र रन्जित क्षेत्रीले २ २ विकेट लिए । ११६ रनको लक्ष्य पछाउँदै दुधराक्ष वारियर्सले ५ विकेटको क्षतीमा १७.१ ओभरमा ११७ रन बनाई विजयी भएको छ । दुधराक्ष वारियर्सको तर्फबाट मनिष खत्रीले ४२ र सुनिला पौडेलले नटआउट २० रन हान्दै टिमलाई विजयी दिलाएका थिए । सैनामैना नाईडराईड्सका निरज खनाल ३ विकेट लिएका थिए । दोश्रो खेलको म्यान अफ् द म्याच दुधराक्ष वारियर्सका सुनिल पौडेल भएका थिए । यस्तै मष्ट सिक्सेको अवार्ड सैनामैना नाइटराइर्डसका थम बहादुर खप्तारीले हात पारेका थिए भने दुधराक्षका गेम चेन्जरको अवार्ड मनिष खत्रीको पोल्टामा पर्यो । चैत्र २९ गते खेलिने फाइनल खेलका लागि भोलि सुनगाभा च्याम्स र दुधराक्ष वारियर्सकका बिच बिहान १० बजे खेल हुने प्रतियोगिताका सिईयो कृष्ण भण्डारीले जानकारी दिएका छन् । भोलिको खेलको विजेता टिमले उपाधिका लागि सोरौली स्टर संग खेल्ने छ ।