सहकारीको ऋणलाई सहि सदुपयोग गरौं:नेता शाह

प्रकाशित मिति:

रुपन्देही -प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति तथा नेपाली कांग्रेसका नेता भरत कुमार शाहले सहकारीबाट लिएको ऋणलाई सहि ठाउँमा सदुपयोग गर्नको लागि अनुरोध गर्नु भएको छ । सहकारीबाट गरिबीको न्युनिकरण हुने उँहाले बताउँदै ऋणबाट ब्यवसाय सञ्चालन गरेर आर्थिक रुपमा बलियो बन्न सकिने बताउँनु भएको छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिडिले सैनामैनाको कलौनीमा आयोजना गरेको नेतृत्व विकास तथा उद्घोषण तालिमको प्रमुख अथिति समेत रहनु भएका शाहले सहकारीलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नको लागि आग्रह गर्नु भयो । त्यस्तै सहकारीका प्रमुख संरक्षक तथा नेपाली कांग्रेस जिल्ला सचिब रामकृष्ण खाँणले महिलाहरुलाई आत्मनिर्भर बनाउँनको लागि सहकारीले विभिन्न तालिम सञ्चालन गर्दै आएको बताउँनु भयो । सहकारीले गरिबी न्युनिकरण हुने उँहाले बताउँदै महिलाहरुलाई सहकारीले मालिएको बनाएको बताउँनु भयो । उक्त सहकारीका अध्यक्ष गोबिन्द खनालको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्मा , युवा नेता विष्णु पोखरेल , रेडियो सैनामैनाका अध्यक्ष कृष्ण पोखरेल, सहकारीका निर्वतमान अध्यक्ष हरिप्रसाद पन्थ ,विपि बिचार समाजका क्षेत्रीय सभापति रण बहादुर खनाल, नारायण प्रसाद अधिकारी लगायतले कार्यक्रममा बोल्नु भएको थियो । महिलाहरुको क्षमता बृद्धिको लागि नेतृत्व विकास तालिम सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ