भूपू सैनिक जबई क्लब सेमिफाइनलमा

प्रकाशित मिति:

बुटवल–१३ बेलबास सालघारीमा जारी तेस्रो भूपू सैनिक कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा भूपू सैनिक जबई स्पोर्टिङ क्लब बुटवल विजयी भएको छ । जबई खेल मैदानमा सम्पन्न खेलमा भूपू सैनिकले फर्साटिकर युवा क्लबलाई २–१ गोल अन्तरले पाखा लगाउंदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

भूपू सैनिकको जितका लागि अजित थापाले ५१औं मिनेटमा र अशोक थापाले ५५ औं मिनेटमा गोल गरेका थिए । फर्साटिकरका तर्फबाट ८१औं मिनेटमा अनुप गुरुङले सान्त्वना गोल फर्काएका थिए । मंगलबारको खेलमा भूपू सैनिकका अजित थापा म्यान अफ द म्याच घोषित भए । भूपू सैनिक जबई स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगिता अन्तर्गत बुधबारको दोस्रो क्वाटर फाइनल खेल फूलबारी गाइज बुटवल र नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपलबीच हुने क्लबका सहकोषाध्यक्ष प्रेम रानाले जानकारी दिए । बैसाख १ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । विजेताले एकलाख ७५ हजार ५ सय ५५ र उपविजेताले एक लाख एक हजार एक सय ११ रुपैयां नगद प्राप्त गर्नेछन्