आन्दोलनरत डाक्टरले वीरको आँगनमै बिरामी जाँच्न थालेपछि…

प्रकाशित मिति:

काठमाडौं –  आन्दोलनरत डाक्टरहरुले वीर अस्पतालबाहिरै ओपीडी सेवा सञ्चालन गरेका छन् । सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर अस्पताल परिसरमा ओपीडी सेवा सञ्चालन गरेको आन्दोलनरत सरकारी चिकित्सकले बताए ।

चिकित्सकहरुले बाहिरै ओपीडी सञ्चालन गरेपछि विरामीहरुले लाइन लागेर पालोमा चेकजाँच गराएका थिए । अस्पतालका टेवल, कुर्सी र उपकरणहरु अस्पतालबाहिर ल्याएर विरामी चेकजाँच गरेका उनीहरुले अस्पतालको रसिद, टिकट प्रयोग नगरी चिकित्सक संघकै लेटरप्याड र छाप प्रयोग गरेका छन् । चिकित्सकहरुले अस्पताल बाहिर सेवा सञ्चालन गरेपनि अस्पतालभित्र नजाने बताएका छन् ।