विष्णु पौडेलको स्पष्टीकरण– मालपोत कार्यालयले खरीद बिक्री गर्न मिल्ने यकिन गरेको जग्गा किनिएको हो

प्रकाशित मिति:

काठमाडौं  –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बालुवाटारस्थित ललितानिवास परिसरको जग्गा खरीदबिक्रीमा आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उनले प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको स्पष्ट पारेका छन् ।

बुधवार एक वक्तव्य जारी गर्दै पौडेलले उक्त जग्गाबारे कतिपय सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित/प्रसारित समाचारप्रति ध्यानाकर्षण जनाएका हुन् । ‘समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु,’ पौडेलले वक्तव्यमा भनेका छन् ।

हेर्नुहोस् वक्तव्य :

थप समाचार