मनसुन बढेसँगै मौसमी आँखा पाक्ने रोग फैलियाे

प्रकाशित मिति:

बुटवल  ।  मनसुन बढेसँगै मौसमी आँखा पाक्ने रोग फैलिएको छ । मनसुनसँगै आँखा पकाउने भाइरस सक्रिय हुँदा आँखा पाक्ने संक्रमण फैलिएको आँखा विशेषज्ञहरुले बताएका छन्।

शहरी क्षेत्रमा  जनघनत्व बढी भएकाले समुदायमा आँखा पाक्ने रोग छिटो फैलिरहेको चिकित्सकहरुले बताएका हुन् । आँखा पाक्ने रोग मनसुन नसकिएसम्म जारी रहने पनि चिकित्सकले जनाएका छन् ।

कसरी बच्ने ?

– भीडभाडमा जाँदा चश्माको प्रयोग गर्ने
– संक्रमितले प्रयोग गरेका रुमाल तथा अन्य सामग्री साटासाट नगर्ने

– संक्रमित व्यक्तिको नजिक नबस्ने
– संक्रमितका बिच्छ्यौना प्रयोग नगर्ने

– संक्रमित किरामीले औषधि प्रयोग गरेपछि हात धुने
– भीड हुने ठाउँ स्कुल, चलचित्र हलमा नजाने

लक्षण

– आँखा रातो हुने

– आँखा चिलाउने
– आँखाबाट रगत मिसिएको आँसु आउने

– ज्वरो आउने
– घाँटी दुख्ने

– स्वर भासिने