नवलपरासीको लागि ५ बर्षे रणनैतिक योजना सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवलपरासी-नवलपरासीको लागि ५ बर्षे रणनैतिक योजना सम्बन्धि छलफल कार्यक्रम बुधबार पाल्हीनन्दन ३ कुश्मा स्थित वडा कार्यालयको सहभालमा सम्पन्न भएको छ । युनाइटेड मिसन टु नेपालको आयोजनामा नवलपरासी कलस्टरका लागि पाल्हिन्नदन गाउँपालिकाको समुदायको बस्तुस्थिति र बिद्दमान समास्यालाई समाधानका प्रयास बारे ५ बर्षे परिकल्पनाको लागि रणनैतिक योजना सम्बन्धि तालिम नवलपरासी कलस्टरकि टिम लिडर सबु तमाङको संयोजकत्वमा सम्पन्न भएको हो।

सो अवसरमा पाल्हिन्नदन गाउँपालिका भित्र समाजको सवाल, महिला सवाल, शिक्षा, स्वास्थ्य, जिबिकोपार्जन, खानेपानी तथा सरसफाइ, बिपद तथा वातावरण, भौतिक पुर्बधार, सिचाई र सुशासन सन्दर्भमा छलफल गरि समस्या समाधानका प्रयासबारे छलफल गरिएको हो । कार्यक्रममा स्वास्थ्य परियोजना ब्यवस्थापक ईश्वर केसी लगाएत २३ जनाको उपस्थिती रहेको थियो भने कार्यक्रममा युनाइटेड मिसन टु नेपालका अभिमन्यु शाहले सहजिकरण गर्नुभएको थियो ।