नेपाल रेडक्रश सोसाइटी उपशाखा बर्दघाट को आठौँ साधारणसभा बर्दघाटमा सम्पन्न

२७ चैत्र २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया


नवलपरासी-नेपाल रेडक्रश सोसाइटी उपशाखा बर्दघाट पश्चिम नवलपरासीको आठौँ साधारणसभा बुधबार बर्दघाटमा सम्पन्न भएको छ । बर्दघाट उपशाखाका सभापति नारायण अधिकारीको अध्यक्षता तथा शोसाइटीका पुर्व अध्यक्ष एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले रेडक्रश जस्तो पवित्र सस्था मानविय कार्यमा अग्रसर भइरहेको अवस्थामा यस नगरपालिकामा पनि यो उपशाखाले उल्लेख्य योगदान गरेको विचार ब्यक्त गर्दै मानविय र समाजिक कार्यमा बर्दघाट नगरपालिकाकाजनप्रतिनिधि जनताको सेवामा लागि परेको हुदा उपशाखा संगै सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल रेडक्रश शोसाइटीका जिल्ला सभापति राजेन्द्र अग्रहरी, विशेष अतिथि बर्दघाट नगर उपप्रमुख माया देवी पौडेल तथा अतिथिहरु बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवं बर्दघाट नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, सस्थापक अध्यक्ष पुण्य प्रसाद पौडेल, पुर्व अध्यक्ष कुल प्रसाद शर्मा, आजिवन सदस्य धनन्जय पौडेल, संघ सस्थाका प्रतिनिधिको तर्फ देखी बेलहानी खानेपानीका अध्यक्ष वृहस्पति अधिकारी लगाएतले शुभाकमना ब्यक्त गर्दै बर्दघाट नगर प्रदेश नम्बर ५ को मुख्य द्धार रहेको र बर्दघाट दुम्कीबास सडक निकै जोखिमपुर्ण र दुर्घटना ग्रस्त रहेको हुदा यस क्षेत्रमा रेडक्रश शोसाइटीले रक्त सञ्चार केन्द्रको स्थापनामा ध्यान दिनुपर्ने बताएका थिए । शोसाइटीका कोषाध्यक्ष टिकाराम भण्डारीले आर्थिक बर्ष २०७४, ७५ को करिब २० लाख बराबरको आय ब्यय ववरण प्रस्तुत गर्नुभएको थियो भने आर्थिक २०७५, ७६ का लागी करोड १० लाख बराबरको अनुमानित आय ब्यय ववरण प्रस्तुत गर्नुभएको थियो ।

२०५८ साल जेष्ठ ६ गते गठन भएको शाखाले बर्दघाटमा आफ्नौ निजि जग्गामा करिब सवा करोडको लागतमा १५ कोठे ब्यवसायिक भवन निर्माणार्थ रहेको र सो पुरा गर्नका लागी १ लाख भन्दा बढी दिने चन्दा दातालाई शोसाइटीले एस एस कर सदस्य र २५ हजार भन्दा माथि दिने चन्दा दातालाई विशिष्ट सदस्यका रुपमा सदस्यता वितरण गर्ने लक्ष्य लिएकोमा बुधबारको सम्पन्न साधारणसभामा सस्थाका उपाध्यक्ष लक्ष्मण भट्राई र सस्थाका आजिवन सदस्य रामचन्द्र अधिकारीले एसएसकर सदस्य लिनुभएको छ भने ईन्द्र प्रसाद सापकोटा, वृहस्पति अधिकारी, गणेश बहादुर क्षेत्री, देवीदत्त सापकोटा, रुद्र प्रकाश उपाध्याय, हरिप्रसाद सुवेदी र विक्रम पौडेल लगाएत १५ जनाले विशिष्ट सदस्यता लिएको शोसाइटीका अध्यक्ष नारायण अधिकारीले जानकारी दिनुभएको छ । शोसाइटीका आजिवन सदस्य, पदाधिकारी, संघ सस्थाका प्रतिनिधि, सञ्भचारकर्मी लागएतको उपस्थिती रहेको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण भट्राईको स्वागत मन्तब्य रहेको थिथयो भने कार्यक्रमको सञ्चालन सिचव दिर्घ प्रसाद घिमिरेले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया