फूलबारी गाइज सेमिफाइनलमा

प्रकाशित मिति:

बुटवल-फूलबारी गाइज बुटवल बुटवलमा जारी तेस्रो भूपू सैनिक कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल १३ सालघारीस्थित जबई खेल मैदानमा बुधबार सम्पन्न खेलमा फूलबारीले नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिपललाई ३ङ१ गोल अन्तरले हराएको हो ।

फूलबारीको जितमा सबि गुरुङले खेलको १७,३३ र ३६औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए । नवयुवाका तर्फबाट खेलको ७४औं मिनेटमा मदन बस्नेतले सान्त्वना गोल फर्काका थिए । खेलमा फूलबारी गाइजका सबि गुरुङ म्यान अफ द म्याच घोषित भए । भूपू सैनिक जबई स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगिता अन्तर्गत बिहीबार हुने पहिलो सेमिफाइनल खेलमा भूपू सैनिक र आरके जबई क्लबबीच प्रतिष्पर्धा हुने क्लबका सहकोषाध्यक्ष प्रेम रानाले जानकारी दिए । बैसाख १ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । विजेताले एकलाख ७५ हजार ५ सय ५५ र उपविजेताले एक लाख एक हजार एक सय ११ रुपैयां नगद प्राप्त गर्नेछन्