कनेटिकेट नेपाली समाज को नयाँ वर्ष २०७६साँझ एप्रिल १३ मा

२८ चैत्र २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया


के पी भट्ट -कनेटिकेट अमेरिका-पूर्वी तटीय राज्य कनेटिक्ट अमेरिका मा बसोबास गर्ने नेपालीहरु को साझाँ संस्था नेपाली समाज कनेटिकेट ले सधा को वर्ष जस्तै यस बर्ष पनि नेपाली नयाँ वर्ष २०७६ आगामी एप्रिल १३ गते मनाऊन लागेको संस्था ले जानकारी दियको छ। नेपाली कला सँस्कृति भेषभुषा रितिरिवाज परम्परा आपसी मेलमिलाप चालचलन जस्ता विविध नेपाली पनहरु लाई झल्को दिने गरी संस्था ले यस्ता कार्यक्रम आयोजना गर्दै आयको संस्था का कार्यसमिति सदस्य तथा नयाँ बर्ष कार्यक्रम संयोजक भद्रा राई ले जानकारी दिनु भयो । यस नयाँ बर्ष कार्यक्रम मा संस्था ले बार्षिक रुप मा प्रकाशन गदै आयको संस्था को मुखपत्र कनेटिकेट चौतारी समेत विमोचन गरीने संस्था ले जानकारी दियको छ ।साथै संस्था ले सबै नेपाली हरु मा नयाँ बर्ष को शुभ कामना व्यत गर्दै संस्था ले यस राज्यमा बसोबास गर्ने सबै नेपाली आमा बुवा दाजु भाई दिदि बहिनी लाई कार्यक्रम मा उपस्थिति भई कार्यक्रम सफल बनाईदिन सबै मा अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया