पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा एकको मृत्यु

प्रकाशित मिति:

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।

ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।