नेपाल र नेपाली सेनाको सम्बन्ध अन्योन्याश्रित : ओली

२८ चैत्र २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
52 Shares


भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकीकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताएका छन् । सैनिक अधिकृतहरूको दीक्षान्त समारोहलाई बिहीवार खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौं नायकहरूको नेतृत्वमा अघि बढाएको राष्ट्रिय एकीकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकीकृत गरी नेपाल निर्माण गरेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितहरूको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गरेको स्पष्ट पारे । ‘नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यावसायिक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै आएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरू, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ ।’

प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश अहिले स्थायित्वको जगमा सुदृढ सुव्यवस्था र तीब्र विकासको बाटोबाट अघि बढेको बताए । ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पारी राष्ट्र विकास गर्ने हाम्रो संकल्प रहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विकासका लागि सुरक्षा र सुरक्षा सुदृढीकरणका लागि विकास अपरिहार्य छ ।’ प्रधानमन्त्री ओलीले देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ति सुरक्षासँग सम्वद्ध सुरक्षा निकाय समेत सदैव सजग र सतर्क रहनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ