काँग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको निधन

प्रकाशित मिति:

बैतडी – नेपाली काँग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको छ ।

मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

जोशी २०३४ सालमा नेपाली काँग्रेस बैतडीको सभापति हुनुभएको थियो । विसं २०४४ मा काँग्रेसको केन्द्रीय सदस्य बन्नुभएका जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

स्व. जोशीका दुई छोरा र तीन छोरी छन् । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।