नेपाल राष्ट्रिय शिक्षक संङगठन बुटवल उपमहानगरपालिकाको नगर परिषद् सम्पन्न

प्रकाशित मिति:

चैत्र २७ गते नेपाल राष्ट्रिय शिक्षक संङगठन बुटवल नगर परिषद्को भेला सम्पन्न भएको छ ।  नेपाल शिक्षक संङगठन बुटवल नगरपालिकाका अध्यक्ष केदारनाथ ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक संगठनको इतिहास र नगर परिषद गठन भएदेखि हालसम्म गरेका क्रियाकलपाहरुका विषयमा प्रकाश पार्नु भएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देही जिल्ला अध्यक्ष मोतीलाल सुवेदीले शिक्षकहरुका हकहितका सम्बन्धमा सङगठनले चालेका कदम र विगतमा शिक्षकका मागलाई पुरा गर्न गरेको योगदानका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले शिक्षा क्षेत्रको सुधार विना देशले उन्नती गर्न नसक्ने भएको हुँदा राष्ट्रको सुधारमा अग्रपङ्तीमा रहेर सम्पूर्ण शिक्षक अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् नेपाल राष्ट्रिय शिक्षक संङगठन प्रदेश नं.५ का सचिवालय सदस्य डिलाराम तिवारीले शिक्षकका हकहित, संरक्षण र सम्वद्र्धन गर्न सम्पूर्ण शिक्षक एकजुट भई अगाडि बढ्नुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा शिक्षक सहकारी संयोजक नरेन्द्र शर्मा, जिल्ला सदस्य पूर्णभद्र उपाध्यक्ष बुटवल नगरपरिषद्का पूर्व अध्यक्ष चुडामणी पौडेल, शिक्षक मिना सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा शिक्षकहरुले राख्नुभएको जिज्ञासा जिल्ला अध्यक्ष एवम् प्रमुख अतिथि मोतीलाल सुवेदीले जवाफ दिनु भएको थियो ।  कार्यक्रमको संचालन नगर कमिटी सचिव युवराज पन्थीले गर्नु भएको थियो ।  कार्यक्रममा करीब १५० जना शिक्षकको उपस्थिति थियो ।