सडक डिभिजन परिसरलाई प्रदेशको मुख्यालय बनाऔं : मन्त्री चौधरी

प्रदेशसभाबाट गठित विशेष समितिले १२ जिल्लामा गएर ल्याएको सुझावका आधारका राजधानी र नामाकरणको विषय टुंगिने उनले बताए

प्रकाशित मिति:

सबलपोष्ट बुटवल, २८ चैत । प्रदेश नं. ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले प्रदेशको राजधानी बुटवल र मुख्यालय सडक डिभिजन परिसरलाई बनाउन उपयुक्त हुने बताएका छन् । राजधानीका विषयमा मुख्यमन्त्रीले बाहिर नबोल्न भनेको स्मरण गर्दै भौतिक पुर्वधार तथा विकास मन्त्री चौधरीले बुटवलमै राजधानी हुनुपर्ने बताए । रुपन्देही ब्यापार संघले आयोजना गरेको कार्यक्रममा उनले बुटवलको सडक डिभिजन परिसरलाई प्रदेश राजधानीको मुख्यालय बनाउन सकिने बताए । प्रवक्ता चौधरीले प्रदेशको नामाकरण र राजधानीको विषय ०७६ सालभित्रै टुंगो लाग्ने पनि बताए । प्रदेशसभाबाट गठित विशेष समितिले १२ जिल्लामा गएर ल्याएको सुझावका आधारका राजधानी र नामाकरणको विषय टुंगिने उनले बताए ।