त्रिसुलीको पानीमा बिनु संग अनिलको रोमान्स

प्रकाशित मिति:

सुदिप गौतम, बुटवल बिगत लामो समय देखि बुटवललाई कर्मथलो बनाएर संचार अनि गित संगीतमा निरन्तर लागेका संचारकर्मी अनिल पहाडी पहिलो पटक अभिनयमा डेब्यु गर्दैछन र केहि दिन अघि मात्र छायांकन सकिएको लोक पप गित “त्रिसुलीको पानि”मा पहिलो अभिनय गरेको गितबाटै मोडल बिनु खड्का संग अँनस्क्रिन रोमान्स गरेका छन।

प्राय गीतहरुमा आवाज मात्र दिने अनिल यसपालि भने अभिनयमा पनि देखिएका छन। सबल पोस्टले गरेको एक प्रश्नमा उनले आफ्नो चाहाना संगै समयको माग भएको उनि बताउछन। गित अत्यान्तै राम्रो बनेको अनिलको भनाई छ।उनि थप्छन पहिलो पटक आफैले अभिनय गरेको छु कत्तिको न्याय गर्न सके त्यो जिम्मा दर्शक श्रोताको भगवान हरुको हो”। उदघोसक गायक को राम्रो छबी बनाएका अनिल लाई दर्शक श्रोताले मोडलको रुपमा सुइकार्ने हुन् कि होईनन त्यो दर्शक श्रोताको हातमा छ।

 

उक्त गितमा अनिल पहाडीको स्वर सजिएको छ भने, शब्द सृजना टिआर पौडेलले गरेका छन। संगीत संयोजन कमल सौरागको रहेको छ संगीत राजकुमार बगरले गरेका छन। अभिनय अनिल पहाडी र बिनु खड्काले गरेका छन। गितमा छायाकन सम्पादन र निर्देशन मोफसलका चर्चित निर्देशक बिष्णु भट्टराईले गरेका छन भने मेकअप सगुन शर्माले गरेकी छन। गित चाडै रिलिज गरिने निर्माण युनिटले सबल पोस्ट लाई जानकारी दिएको छ। गितको सफलताको शुभकामना