नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेकको नगर अधिबेशन सम्पन्न !

प्रकाशित मिति:

रामु भुसाल / नवलपरासी – क्युपेक नेपालको सरोकार, सुरक्षित कार्यस्थल र मर्यादितथ रोजगार भन्ने मुल नाराका साथ नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक नेपाल बर्दघाट नगर कमिटि र वडा नम्बर ४ को वडा कमिटिको छैठो अधिबेशन विहिबार सयुक्त रुपमा बर्दघाटमा सम्पन्न भएको छ । युनियनका नगर अध्यक्ष सत्य नारयण थारु एवं वडा नम्बर ४ वडा कमिटि युनियन अध्यक्ष राम बहादुर विकको सयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिफन्ट प्रदेश नम्बर ५ सदस्य डिलकराज डुम्रेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डुम्रेले मजदुरहरु एक भई आफ्नो हकर अधिकारको लागी लड्नुपर्ने बताउदै सबै मजदुहरुलाई राज्यले समाजिक सुरक्षामा जोड्न निति ल्याउनुपर्ने बताउनुभयो । सो अवसरमा वशेष अतिथिको रुपमा जिल्ला प्रतिनिधि परिषद उपप्रमुख देवी प्रसाद चौधरी, क्युपेकका जिल्ला अध्इक्ष राम कुमार थापा, जिल्ला उपाध्यक्ष गिरिराज भण्डारी, जिफन्ट बर्दघाट नगर कमिटि अध्यक्ष हेम नरायाण चौधरी, युनियनका सस्थापक अध्यक्ष यम बहादुर थापा, युनियनका वडा नम्बर १० अध्यक्ष जित बहादुर चौधरी, सुनवल नगर कमिटि अध्यक्ष दिवाकर ओझा लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नगरको तर्फदेखी प्रगति तथा बाषिृक प्रतिबेदन नगर अध्यक्ष सत्य नारायण थारुलेप्रस्तुत गर्नुभएको थियो भने वडा कमिटिको तर्फदेखी वडाध्यक्ष राम बहादुर विककले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा कोष तथा लेखा प्रतिबेदन तथा भावि कार्ययोजना नगरको तर्फदेखी नगर सहसचिव दिल बहादुर बौडेलले प्रस्तुत गर्नुभएको थियो भने वडाको तर्फदेखी वडा सचिव दिपक भुषालले प्रस्तुत गर्नुभएको थियो ।

नगर कमिटि सिचव त्रिलोचन चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी नारायन भण्डारीले गर्नुभएको थियो । सोही अवसरमा सम्पन्न अधिबेशनले आगामी २ बर्षका लागी विनोद कुमार चौधरको अध्यक्षतामा ११ सदस्यिय नया नगर कार्य समिति सर्व सम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा त्रिलोकी प्रसाद चौधरी, सचिव देवेन्द्र कुमार चौधरी, सहसचिव नेत्र नारायण चौधरी, कोषाध्यक्ष भिखु चौधरी रहनुभएको छ भने सदसयहरु ममता चौधरी कृष्ण चौधरी लगाएत रहनुभएको छ । वडा ४ को वडा कमिटि अन्र्तगत दिपक भुषालको अध्यक्षतामा ११ सदस्यिय नया वडा कमिटि सर्व सम्मत चयन गरिएको छ । जसको उपाध्इषमा राजेश चौधरी, सचिव सुरेष ारना, सहसचिव टिकाराम विक, कोषाध्यक्ष डाक्टर चौधरी रहनुभउको छ भने सदस्यहरु निरमाया चौधरी, रामकिशुन चौधरी, दिप नाारयाण चौधरी, बासुदेव गुरौ, घनश्याम चौधरी र धनिराम चौधरी रहनुभएको आयोजकले जनाएको छ ।