भूपू सैनिक कपमा आयोजक फाइनलमा

प्रकाशित मिति:

बुटवल,२७ चैत । भूपू सैनिक जबई स्पोर्टिङ क्लब बुटवल १३ सालघारीमा जारी तेस्रो भूपू सैनिक कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको आयोजक क्लब समेत रहेको भूपू सैनिकले बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा राधाकृष्ण एफसी बुटवललाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । भूपू सैनिकको जितका लागि खेलको १३ औं मिनेटमा सन्तबहादुर गुरुङ र २१औं मिनेटमा सुमित श्रेष्ठले एक–एक गोलको योगदान गरेका थिए । म्यान अफ द म्याच घोषित भए । भूपू सैनिक जबई स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगिताको शुक्रबार हुने अन्तिम सेमिफाइनल खेलमा लिस्नु युवा क्लब कोटिहवा र फूलबारी गाइज बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सहकोषाध्यक्ष प्रेम रानाले जानकारी दिए । बैसाख १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एकलाख ७५ हजार ५ सय ५५ र उपविजेताले एक लाख एक हजार एक सय ११ रुपैयां नगद प्राप्त गर्नेछन् ।