नेकपाको आन्तरिक द्वन्द्वले सरकार ५ बर्ष टिक्दैन : घिमिरे

प्रकाशित मिति:

१६ साउन,बुटवल ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरु घिमिरेले ओली—प्रचण्डले इश्वरले शासन गर्न पठाएर आए जस्तो रबैया देखाएको आरोप लगाएका छन् । जनताको हित बिपरित,संबिधानकोे मर्म बिपरित निर्णयहरु गर्दै गइरहेको भन्दै तत्काल यस्लाइ रोक्न चेताबनी समेत दिए ।
रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै घिमिरेले सरकारले देखाएको रबैयाका कारण कांग्रेसले आफ्ना माग बोकेर सडकमा जानुपरेको प्रष्ट पारे ।
‘सांसदको सपथ नखांदै ओलीले सोझै प्रधानमन्त्रीको सपथ खाने,राष्ट्रपति बिद्यादेबी भण्डारीले राष्ट्रियसभाका ३ जनाको सिफारिसलाइ धेरैदिनसम्म झुलाएर नया सरकार बनेपछि फेरि ३ जनालाइ मनोनयन गरेर संबिधानको उल्लंघन शुरु भो ।’
प्रधानमन्त्री र राष्ट्रपतिले संबिधानको उल्लंघन गरेको उनको आरोप छ ।
‘५ बर्षका लागि सरकार बनेको हो ,चुनाब जित्न जनता रिजाउन सक्नुपर्छ ,त्यसै ५० बर्ष कम्युनिष्ट सरकार बन्छ,जित्छ भनेर जनता धम्काएर जितिन्छ’ उनको प्रश्न छ ।
जोशीलाइ प्रधानन्यायधिश नबनाउने षडयन्त्र प्रस्ताबित प्रधानन्यायधिश दीपकराज जोशीलाइ प्रधानन्यायधिश नबनाउने षडयन्त्र भैरहेको उनको भनाइ छ ।
‘संबैधानीक परिषदको सिफारिस,न्यायरिषदको अनुमोदन,सर्बोच्च अदालतको सिफारिस पूरा गरेर आएको ब्याक्तिलाइ घरी शैक्षिक प्रमाणपत्रको कुरा उठाएर,घरी न्यायसम्पादनको कुरा उठाएर प्रधानन्यायधिश नबनाउने षडयन्त्र भएको छ । ’उनले सुनाए ।
उनले नेकपाभित्र आन्तरिक द्वन्द्वका कारण नै सरकार ५ बर्ष नटिक्ने ठोकुवा गरे ।
‘नेकपा प्रवक्ता राजीनामा दिएका छन्, गोबिन्द के सीको अनसनमा नेकपाका धेरै सभासदको समर्थन थियो,यस्तै कारण सरकार टीक्दैन’ ।
‘शेरबहादुर रामचन्द्रहरु किनारामा बसेर युवापुस्तालाइ हौैसला दिनुस्’
फुटवलका पेले जस्तै नेपाली राजनीतिमा कांग्रेस सभापति शेरबहादुर देउवा पेले भएको उनको टीप्पणी छ ।‘४ पटक प्रधानमन्त्री बन्नुभयो ,सभापति बन्नुभयो,अब हामीले तपाइहरुलाइ धेरै भारी बोकाए पाप लाग्छ ,शेरबहादुर दाइ,रामचन्द्र दाइहरु मैदानको किनारामा बसेर ताली बजाउनुस्,हौसला दिनुस् अब हामी छौं ।’फुटवलको उदाहरण दिदै उनले पेले कुनै बेला राम्रै खेल्थे तर अहिले दर्शकदीर्घामा बसेर तालि पिटेर हौसला दिने गरेको सुनाए ।
उनले अब पार्टी नया शीराबाट अगाडि बढाउनुपर्ने धारणा राखे । कार्यक्रम रिपोर्टर्स क्लव प्रदेश ५ का प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।