सडक सुरक्षा सम्बन्धि कार्यदलको अन्तरक्रिया

प्रकाशित मिति:

हरिश ढकाल , बुटवल प्रदेश नम्बर ५ को सरकारले गठन गरेको सडक सुरक्षा सुझाव कार्यदलले सरोकारवाला पक्षसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रदेश पाँचमा सडक दुर्घटना न्यूनिकरणका लागि आवश्यक अध्ययन गरि प्रतिबेदन पेश गर्न गठन गरेको कार्यदलले आवश्यक सुझाव लिने उद्देश्यले सरोकारवाला पक्षसँग अन्तरक्रिया गरेको हो ।

प्रदेश सरकारलाई सडक दुर्घटना न्यूनिकरणका लागि आवश्यक सुझाव दिन गठित कार्यदलले सरोकारवाला निकाय, नागरिक समाज, यातायात ब्यबसायी, मजदुर, यात्रु लगाएतका सबै पक्षसँग छलफल गरि सुझाव संकलन गर्ने कामको थालनी गरेको छ । कार्यदलले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित सरोकारवाला पक्षसँग सुझाव संकलन कार्यक्रममा बोल्दै सहभागिहरुले सवारी दुर्घटना न्यूनिकरण गर्न साझा प्रतिबद्धता आवश्यक रहेको बताए । चालकको लापरवाही, सडकको दुरावस्था, यात्रुबर्गमा चेतनाको अभाव, सवारीमा यान्त्रिक गडबडी, ट्राफिक शिक्षा र कानुनको ज्ञानको अभाव लगाएतका कारण सवारी दुर्घटना बढेको र नियन्त्रकाका लागि राज्य गम्भिर हुनुपर्ने धारणा सहभागिहरुको राखेका थिए । सो अवसरका बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले यातायात क्षेत्रका समस्याहरु र दुर्घटनाका कारणहरु पहिचान गरि आवश्यक निति निर्माण नै गरेर सरकार अघि बढ्ने लक्षका साथ कार्यदल गठन गरिएको बताए ।

कार्यक्रममा सडक सुरक्षा सुझाव कार्यदलका अध्यक्ष ठाकुर डि.सी. प्रदेश ५ का प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरिक्षक पितामबर अधिकारी, मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपसभापति गोविन्द खनाल, कानुन व्यवसायीहरु महेन्द्र प्रसाद पाण्डे, यमलाल खनाल, पशिचम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, लुम्बिनी ट्रक व्यवसायी संघका महासचिव रुमाखर गौतम, सुरक्षित यात्रा नेपालका कृष्ण प्रसाद बेल्वासे, लुम्बिनी ट्याक्सी व्यवसायी संघका विष्णु काफ्ले लगाएतले बोल्दै सडक सुरक्षाका लागि सबै जिम्मेवार निकायबाट उचित कामहरु भएका खण्डमा सडक दुर्घटनालाई न्यूनिकरण गर्न सकिने बताएका थिए ।

थप समाचार