दाङका तीन जनाको भारतमा मृत्यु !

२९ चैत्र २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
0 Shares


घोराही – दाङ जिल्ला घर भई भारतमा काम गर्न गएका ३ जनाको मृत्युको छ । मृत्यु भएका सबैको शव तुलसीपुर ल्याइएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिकाका पूर्णबहादुर ओली, नोखीराम भण्डारी र प्रेम ओली रहेका छन् । चैत ६ गते वर्ष २४ का पूर्णवहादुर वली हराई वेपत्ता भएमा खोजतलास गर्दै जाँदा वर्ष २३ का नोखीराम भण्डारी र वर्ष २१ का प्रकाश वलीसहित २ (दुई) जनाको चैत १० गते भारतको कुल्लु मनालीको भिरमुनि मृत्यु अवस्थामा शव फेला परेको थियो ।

दुवै शवलाई चैत १२ गते नेपालतर्फ ल्याई उनीहरूको आफन्तलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । हराइरहेका पूर्णवहादुर वलीको खोजतलासको क्रममा चैत २५ गते भारतको सोही कुल्लु मनालीको पतलिकुहलको जंगलमा शव फेला परेको थियो । चैत २८ गते प्रकाश वलीको शव जाईफल मियाले मृतकको आफन्तलाई बुझाउन खोज्दा बुझ्न नमानेर वादविवाद भएकोले जाईफल मियालाई सुरक्षाका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा रहेको छ ।

घटनाको सम्वन्धमा सत्यतथ्य वुझ्नका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी अधिकृतसहित, स्थानीय जनप्रतिनिधि र पीडित परिवारका सदस्यहरू भारततर्फ जान लागेको प्रहरीले जनाएको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर २ अमुवा बस्ने वर्ष २३ का नोखीराम भण्डारी, वर्ष २१ का प्रकाश वली, वर्ष २४ का पूर्णबहादुर वली, वर्ष २२ का ईन्द्रबहादुर बिक, छायाँक्षेत्र गाउँपालिका ३ दीपाखाना सल्यान बस्ने वर्ष २९ को सेवक थापा र उनकी श्रीमती वर्ष २२ की अमृता थापा समेत ६ (छ) जनालाई साथमा लिई शान्तिनगर गाउँपालिका २ अमुवा वस्ने वर्ष ४६ की जाईफलि मिया (मेट) ले लेवर कामको लागि भारत हिमाचल प्रदेशको कुल्लुमनालीतर्फ लगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन