आगामी बैशाख २४ गते सम्म राशिमा उथलपुथलः कुन राशिका ब्यक्तीलाई कस्तो असर पर्दै, जानकारी लिनुहोस !

प्रकाशित मिति:

साहस, पराक्रम, निडरता, आत्मविश्वास साथै भूमि भवन, संपत्तिको दाता मानिने मंगल ग्रह चैत ८ गते मेष त्यागेर वृष राशिमा प्रवेश गरेको छ। चैत ८ गते मंगल ग्रहले ४४ दिन पछि राशि परिवर्तन गरेको हो। मंगल ग्रहले ८ गरे दिउँसोको ३ बजेर ४४ मिनेट देखि वृष राशिमा प्रवेश गरेको छ। मंगल ग्रह वृष राशिमा ४६ दिन सम्म रहनेछ।

४६ दिन मंगल राशि वृष राशिमा रहँदा कुन राशिलाई कस्तो असर पर्ला ?

मेष राशि- दोस्रो स्थानमा मंगल

मंगल गोचरको कारण मेष राशि हुनेहरुलाई धन प्राप्ति हुनेछ। यात्रा-प्रवासको योग बन्न सक्ला। धार्मिक यात्राको सम्भावना पनि देखिन्छ। परस्पर सम्बन्धहरुमा र विद्याभ्यासमा अनुकूलता बढ्न सक्ला। तर पारिवारिक रुपमा भने आतंक बढ्न सक्ने देखिन्छ।

वृष राशि – पहिलो स्थानमा मंगल

मंगलको गोचरले वृष राशि हुनेहरुलाई चल-अचल सम्पतिको मामलामा लाभ मिल्नेछ। तर सम्बन्धहरुको मामलामा समय खासै राम्रो नहुन सक्ला। सार्वजनिक जीवनमा पनि नकारात्मक असर पर्न सक्ने हुँदा संयम रहनु होला। बोलिमा पनि नियन्त्रण राख्नु उचित हुनेछ।

मिथुन राशि -बार्हौं स्थानमा मंगल

मंगलको गोचरले यस राशिलाई आर्थिक भार मिल्ने देखिन्छ। आय भन्दा व्यय बढ्न सक्ला। प्रेमी अथवा जीवन साथिसँगको सम्बन्धको कारण तनाव बढ्नेछ। नौकरी वा व्यवसायमा आन्तरिक विवादहरूको सम्भावना पनि देखिन्छ।

कर्कट राशि- एघारौं स्थानमा मंगल

मंगलको राशि गोचरको कारण कर्कट राशि हुनेहरुलाई अनुकुल लाभहरु मिल्नेछन्। निजी जीवनमा विभिन्न सफलताहरु मिल्न सक्ला। कामकाजहरुमा सजिलै प्रगति हुन सक्ला। नयाँ कार्य थालनीको लागि आर्थिक सहयोग प्राप्त हुनेछ। यस्तै प्रेम सम्बन्ध बलियो हुन सक्ला।

सिंह राशि -दशौ स्थानमा मंगल

गोचरको कारण सिंह राशि हुनेहरुको लागि मंगल सफलता प्रदायक साबित हुनेछ। कार्यक्षेत्रसंग जोडिएका अवसरहरु सजिलै प्राप्त हुनेछन्। चल-अचल सम्पतिको कारोबारमा फाइदा मिल्नेछ। तर कामको बोझ भने बढ्न सक्ला।

कन्या राशि-नवौं स्थानमा मंगल

मंगल ग्रहको गोचर कन्या राशि हुनेहरुलाई खासै सुखद नहुन सक्ला। वृष राशिमा मंगल रहुन्जेल कन्या राशि हुनेहरुलिया दुख मात्र मिल्ने देखिन्छ। अचानक दुर्घटना हुन सक्ने हुँदा सजक रहनु पर्ला। व्यर्थको हतारोले आर्थिक घाटा थमाउन सक्ला।

तुला राशि -आठौँ स्थानमा मंगल

वृष राशिमा मंगल रहुन्जेल तुला राशि हुनेहरुले आफ्नो स्वास्थ्यमा ध्यान दिनु पर्ने देखिन्छ। सवारी साधनमा यात्रा गर्दा पनि संयम रहनु होला। तर पारिवारिक सुख मिल्न सक्ला। समय मध्यम फलदायी रहनेछ।

वृश्चिक राशि- सातौं स्थानमा मंगल

मंगल ग्रह वृष राशिमा रहुन्जेल अनपेक्षित खर्च बढ्नेछ। खर्चमा नियन्त्रण नहुँदा ठूलै आर्थिक समस्या आइलाग्नेछ। स्वास्थ्यमा पनि केहि नकारात्मक असर पर्न सक्ला। घनिष्ठ सम्बन्धले भने लाभ दिलाउनेछ। विद्याभ्यासको लागि अनुकूल समय रहन सक्ला।

धनु राशि -छैठौ स्थानमा मंगल

मंगल ग्रहको गोचरको कारण धनु राशि हुनेहरुलाई लाभ मिल्नेछ। पारिवारिक रुपमा रहेका कलह हटेर जान सक्ला। कलाको क्षेत्रमा सजिलै सफलता मिल्न सक्ला। यस्तै कानुनी रुपमा पनि मंगलले सहजता प्रदान गर्न सक्ला।

मकर राशि- पाँचौ स्थानमा मंगल

गोचरले शुभ परिणाम दिलाउनेछ। वृष राशिमा मंगल हुनाले व्यवसायमा सकारात्मक असर पार्न सक्ला। अर्जित गरिएको धन पनि संचित गर्ने अवसर मिल्नेछ। पारिवारिक सुख बढ्न सक्ला। तर घर-जग्गा सम्बन्धि कारोबारमा भने संयम रहनु पर्ने देखिन्छ।

कुम्भ राशि- चौथो स्थानमा मंगल

मंगलको गोचरले खर्च बढाउन सक्ला। विलासिताको सामानको लागि खर्च बढ्नेछ। कानुनी काम गर्दा संयम रहनु पर्ने देखिन्छ। बोलिमा नियन्त्रण नहुँदा अपमान सहनु पर्न सक्ला। तर पारिवारिक रुपमा भने समय अनुकुल रहन सक्ला।

मीन राशि- तेस्रो स्थानमा मंगल

गोचरको क्रममा मंगल पराक्रम स्थानमा रहने हुँदा भाग्यवृद्धि हुन सक्ला। वृष राशिमा रहुन्जेल ४६ दिन सम्म मीन राशि हुनेहरुलाई पारिवारिक सुख प्राप्त हुनेछ। सरकारी कार्यमा पनि सजिलै सफलता हाँसिल हुन सक्ला। यस्तै वैदेशिक यात्राको लागि पनि समय राम्रो हुनेछ।