भलाई कोषद्वारा शुभकामना कार्यक्रम

प्रकाशित मिति:

बुटवल, २९ चैत । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले नयाँ वर्ष २०७६ को अवसरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कोषले आफ्ना पदाधिकारी, सदस्य, सल्लाहकार तथा कर्मचारीका बीचमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै कोषका निवर्तमान अध्यक्ष नारायण भट्टराईले यातायात व्यवसायी तथा मजदूर वर्गको हितमा थप रचनात्मक काम गर्न आग्रह गर्दै नयाँ वर्षमा कामको गतीलाई थप उचाई प्रदान गर्न सुझाव दिए । कोषका अध्यक्ष दिनेश फुल्लेलले करिव २ हजार ५ सय सवारी साधनलाई कोषमार्फ सेवा प्रदान गर्दै आएको भन्दै नयाँ वर्षसँगै कोषले सञ्चालन गर्ने काम कारवाहीलाई थप प्रभावकारी बनाइने बताए ।
त्यस अवसरमा कोषका महासचिव योग गुरुङ, सल्लाहकार मुक्तिराम खरेल, कर्मचारी ट्रेड युनियनका अध्यक्ष विदुर रेग्मीलगायतले नयाँ वर्षका अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कोषले आफ्नो स्थापनाको ४५ वर्ष प्रवेशका अवसरमा यही बैशाख ३ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम संयोजक महासचिव योग गुरुङले यातायात मजदूर तथा व्यवसायी भलाई कोषले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको बताए ।