सरकार र मिडियाको मिसन साझा हुनुपर्छ : मन्त्री केसी

प्रकाशित मिति:

१६ साउन ,बुटवल । प्रदेश नम्वर पाचका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले सरकार र मिडियाले साझा मिसन बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
उहाले प्रदेश ५ का समयमा नै आम संचार ऐन निमार्ण गरी मिडियालाई नियमन गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लव प्रदेश नम्वर पाचको कार्यालय बुटवलमा आयोजित साक्षात्कार तथा पत्रकार महासंघ प्रदेश नम्वरका नवनिर्बाचित कार्यसमिति सम्मान कार्यक्रममा बोल्दै केसिले पछिल्लो समय केही मिडियाहरुले अप्रशांगिक विषयहरुलाई बढी स्थान दिएको बताउनुभयो ।
‘हामी प्रादेशीक मिडिया सम्बन्धि ऐन कानुन बनाउदै छौं , अहिले पत्रकारहरुको पनि सल्लाह सुझाब पाउ’ उहाले भन्नुभयो । मिडिया भित्रका समस्याहरुको विषयमा सरकार जानकार रहेको भन्दै मन्त्री केसिले त्यसको दीगो समाधानका लागि पत्रकार महासंघ लगाएतका निकाय संग समन्वय गरिने बताउनुभयो । उहाँले पत्रकार र राजनीतिक दलकावीचमा बेला वखतमा देखिने विवाद अन्त्य गरी समाज विकासमा लाग्नुपर्नेमा जोड दिदै उहाले जनअपेक्षा अनुसार पत्रकारिता जरुरी रहेको औल्याउनुभयो । मन्त्री केसीले भन्नुभयो—‘पत्रकारिता आर्कषक क्षेत्रको रुपमा बिकास गर्नुपर्छ सरकारले यहि ढंगले अघि बढेको छ ।’ उहाले प्रदेश ५ मा १२ वटा सुचना केन्द्र बनाउने रप्रादेशीक टेलिभिजन बनाउने गरि काम शुरु गरिने समेत बताउनुभयो । पूर्वसभासद तथा पत्रकार महासंघको केन्द्रिय सदस्य विनोद पहाडीले प्रदेश सरकारबाट पत्रकारहरुका लागि अध्ययन अनुसन्धान केन्द्र निमार्णकालागि उचित बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ प्रदेश पाचका अध्यक्ष मौसम रोकाले श्रमजीवि पत्रकार ऐन लागू गर्न गराउन लागि पर्ने बताउनुभयो । उहाँले पत्रकार कल्याणकारी कोष निमार्णका लागि महासंघ पाच नम्वर प्रदेश समितिले पहल सुरु गरेको बताउनुभयो । पत्रकारिताको विकासका लागि आम संचार प्रतिष्ठान निमार्ण गर्न सरकारलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रम रिपोर्टस क्लव पाच नम्वर प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथ कपिल ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।