ढोरपाटन समाजमा शुभकामना आदान प्रदान

प्रकाशित मिति:

बुटवल,२९ चैत । ढोरपाटन समाज रुपन्देही तदर्थ समितिले नयां वर्ष २०७६ को अवसरमा बुटवलमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्नो भेगका समुदायबीच आपसी भाइचारा सम्बन्धका लागि समाजको आवश्यकता परेको बताए । कार्यक्रममा प्रमुख अतिथि समाजका सल्लाहकारहरु दुर्गानाथ खरेल,कृष्ण तिवारी,भक्तबहादुर खड्का,कलाधर उपाध्याय,सागर शर्मा लगायतले बोल्दै सुख दुखमा साथ आदान प्रदानका लागि एक ठाउंमा आवद्ध हुुपर्नेमा जोड दिए । समाजका अध्यक्ष गंगालाल सापकोटाले बागलुङको पश्चिमी भेगबाट बसाई सराई गरेर रुपन्देहीमा बसोबास गर्ने समुदायलाई एकै ठाउंमा आवद्ध गराई सहयोग आदान प्रदान र सामाजिक काम गर्दै जाने उद्देश्यले संस्था गठन गरिएको बताए । समाजका सचिव भूमिश्वर खत्रीको सञ्चालन र सदस्य बालकृष्ण कंडेलको स्वागतमा सम्पन्न कार्यक्रममा नयां वर्षको क्यालेण्डर समेत विमोचन गरिएको थियो ।