सैनामैना प्रिमियर लिगको उपाधि सोरौंलीलाई

प्रकाशित मिति:

ललित पाण्डेय,रुपन्देहीसैनामैना प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि सोरौंली स्टार क्लबले उचालेको छ । सैनामैनाको लम्टियामा स्टार स्पोर्टस क्लबले आयोजना गरेको प्रिमियर लिगमा सुनगाभा च्याम्पसलाई ८५ रनले हराउँदै सोरौंली बिजयी भएको हो । सोरौंली बिजयी भएसँगै नगद ५१ हजार पुरस्कार पाएको छ ।

टस जित सोरौंली स्टारलाई सुनगाभाले ब्याटिङ्गको अवसर दिएको थियो । निर्धारित २० ओभर खेल्दै सोरौंलीले ६ विकेटको क्षतीमा १५९ रनको लक्ष्य सुनगाभालाई प्रस्तुत गरेको थियो । सोरौंली स्टारका बसन्त खड्काले ५३ , विश्वास खड्काले ३३ , कप्तान शरोज पौडेलले २१ रनको योगदान दिए । सोरौंलीका सुमन थापाले ३. ४ ओभरमा ५ विकेट लिएका थिए । सुनगाभाले १५.४ ओभरमा पुरै विकेट गुमाउँदै ७३ रनमा सीमित हुन पुग्यो । उपविजेता हुँदै सुनगाभाले नगद रु २१ हजार पाएको छ । सुनगाभाका सित्तलले १५ र केशवले १२ रनको योगदान दिए । अन्य ब्याट्स म्यानले दोहोर अंक बनाउँन सकेनन ।

सुनगाभाका बलर रोशन खप्तडी र सुमन पन्थीले २– विकेट लिए ।खेलको म्यान अफ्द म्याच सुमन थापा , गेम चेन्जर र मष्ट सिक्सको अवार्ड बसन्त खड्का , प्रतियोतिगाकै उत्कृष्ट ब्याट्स म्यान मनिष खत्री , उत्कृष्ट रञ्जित क्षेत्री , म्यान अफ द सिरिज सरोज पौडेल , उत्कृष्ट फिल्डिर सिजल सुनार , अनुशासित टिममा सैनामैना नाईडराईडस, उदयमान खेलाडीमा गोपान शर्मा घोषित भएको प्रतियोगिताका सिईयो कृष्ण भण्डारीले जानकार दिए । कार्यक्रममा सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्की , वडा नं. ७ का वडा अध्यक्ष कृष्ण बेलबासे , क्लबका अध्यक्ष खेमराज पोखरेल लगायतले पुरस्कार वितरण गरेका थिए ।