दीपमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण

प्रकाशित मिति:

बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलमा शुक्रबार नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक सत्र २०७५ को वार्षिक परीक्षामा तहगत रूपमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई पानस र प्रमाणपत्र, कक्षागत प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्र र सिल्डसँगै अभिभावकहरूलाई खादाद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा कक्षागत रूपमा दशौँ स्थान सम्म पर्न सफल विद्यार्थीहरू पुरस्कृत तथा अभिभावकहरूलाई सम्मान गरिएको थियो भने कक्षा के.जी.देखि कक्षा ९ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई सरसफाई, अनुशासन, हस्तलेखन, मोनिटर तथा पूर्ण उपस्थिति जस्ता विधाबाट समेत पुरस्कृत गरिएको थियो । त्यसैगरी कार्यक्रममा नेपाल अभिभावक महासंघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीलाई शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान पत्र र खादाद्वारा सम्मान गरिएको थियो भने विद्यालय खुलेको पूरा दिन विद्यालयमा उपस्थित हुने शिक्षक तथा कर्मचारीहरूलाई समेत मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपाने र अध्यक्ष राजेन्द्र प्रसाद ढोँजूले गुणस्तरीय शिक्षाका लागि विद्यालय लागि परेको र त्यसका लागि अभिभावकहरूको निरन्तर साथ, सहयोग र शुभेच्छाप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो भने नेपाल अभिभावक महासंघ रुपन्दहीका अध्यक्ष लोकनाथ ज्ञवालीले दीप बोर्डिङ हाई स्कूलले गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप र रुपन्देहीको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ढोजूँको सभाध्यक्षता, नेपाल अभिभावक महासंघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीको प्रमुख आतिथ्यता, विद्यालयका प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय कलाधर अर्याल, ज्ञानु थापा तथा सुरेन्द्र कुमार शाक्य, कक्षा ११ र १२ का संयोजक वसन्त जोशी, वरिष्ठ पत्रकार सुमन अधिकारी लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्राचार्य कलाधर अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक द्वय पुरुषोत्तम पाण्डेय र दिनेश खड्काले गर्नुभएको थियो ।