आन्दोलनमा उत्रिन विद्यार्थीलाई देउवाको निर्देशन

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न विद्यार्थीहरुलाई आह्वान गरेका छन् । सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे ।

शुक्रबार ११ विद्यार्थी संगठनले काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारीसमेत एकलौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे ।

प्रधानमन्त्री ओलीले आफू नआउने पत्राचार गर्दागर्दै संवैधानिक परिषदको बैठक बोलाएकोमा पनि सभापति देउवाको आपत्ति छ । सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्था गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।